मुलुकलाई दिशानिर्देश गर्ने एक मात्र पार्टी नेकपा एमाले रहेको स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश ईन्चार्ज राजन भट्टराईले बताउनुभयो । नेकपा एमाले चौतारा साँगाचोकगढी नगर कमिटीले आयोजना गरेको बृहत पार्टी प्रवेश तथा जागरण अभियानको सुरुवात गर्दै भट्टराईले गएको निर्वाचनमा केही अलमलका कारण पहिलो पार्टी बन्न नसकेको र अव एमाले पार्टीको घेरावन्दी तोडिएको बताउनुभयो । नेपाली कांग्रेस र नेकपा एमाले नै अवको मुख्य प्रतिस्पर्धी भएको उहाँको धारणा छ । ‘माओवादी अव गणनामा आउँदैन, मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसको हो भन्ने थाहा हुँदाहुदै सत्ता साझेदार बनेको छ ।
यसको खास कारण एमालेप्रतिको घेरावन्दीको अन्त्य र मुलुकको आजको आवश्यकताले हो’– भट्टराईले भन्नुभयो, ‘राष्ट्रिय संकटबाट मुक्ति र समृद्धिको लागि वर्तमान गठवन्धनको सरकार निर्माण भएको हो ।’ माओवादीको ओरालो यात्रा आजको पार्टी प्रवेशले प्रष्ट्याएको बताउँदै यस्ता अभियान निरन्तर चल्ले बताउनुभयो ।
