नेकपा एमाले चौतारा साँगाचोकगढी नगर कमिटीले आयोजना गरेको बृहत पार्टी प्रवेश तथा जागरण अभियान कार्यक्रममा बोल्दै नेकपा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले आगमी निर्वाचनमा माओवादी पार्टीसँग सहकार्य नगर्ने बताउनुभयो । ‘एमाले फुटाउने, कहिले यता खेल्ने, कहिले उता खेल्ने प्रचण्डको चरित्र उदाङ्गो भैसकेको छ । अव एमालेले माओवादीलाई बोक्दैन’,–बस्नेतले भन्नुभयो, ‘समुदाय भड्काउने, ध्वंसको राजनीतिवाट माथि नउठ्ने माओवादीको अव कुनै भविष्य छैन ।’
‘हिंसा हिंसा नै हो, कोटिहोम होईन, मान्छे मार्नुलाई हामीले कोटीहोम मान्ने ?’–बस्नेतले प्रश्न गर्नुभयो । ‘आज सयौको संख्यामा माओवादी पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्नुभयो, माओवादी नेता अग्नी/सुवोध सापकोटालाई जनताले नै जवाफ दिनुभयो,’ नेता बस्नेतले भन्नुभयो, –‘माओवादीले आफ्नो अस्तित्व सम्झिएको चौतारामा आफ्नो जनाधार समाप्त गरेको छ, अव माओवादीले कहीँ कतै जित्दैन । एमाले प्रवेश कार्यको यो सुरुवात मात्र हो । ’
माओवादी कै कारण देशको समृद्धिको यात्रा सुस्त वन्न पुगेको उहाँले आरोप लगाउनुभयो ।
नेकपा एमालेको पहिलो सरकारको जनमुखी कार्यक्रम सँगै एमाले सरकारमा हुँदा सुरु भएका महत्वपूर्ण कार्यक्रमहरु सामाजिक सुरक्षा, भूकम्प पछिको पूननिर्माण, नाकावन्दीको सामाना, स्थानीय विकासमा आफ्नो गाउँ आफै वनाउ, स्थानीय निकायमा वजेटको ब्यवस्थापन, स्वास्थ्य क्षेत्रमा भएका सुधार, सडक संजालमा एमाले सरकारको सकारात्मक सुधारलगायतका कामको जानकारि दिँदै नेता बस्नेतले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समृद्धिको नायक उपमा दिनुभयो ।
माओवादीले ध्वंशको राजनीति गरेको, अनेकन तस्करीमा सम्लंग नभएको बस्नेतको आरोप छ । एमाले कांग्रेसको समिकरणले माओवादीमा ब्यापक छटपटाहट भएको उहाँको भनाई छ । समृद्धिको यात्रा पूरा गर्न एमाले मात्र विकल्प रहेको केन्द्रीय सदस्य सरेश नेपालले बताउनुभयो । राष्ट्र निर्माणको लागि एमालेमा अवद्ध हुन अर्का केन्द्रीय सदस्य सुभास कर्माचार्यले आह्वान गर्नुभयो । माओवादी पार्टीमा लागेर आफ्नो, समाजको र देशको हीन नहुने धारणा राख्दै एमाले नेता अमानसिंङ तामाङले प्रगतीशील शक्तिलाई एमालेमा आउन आग्रह गर्नुभयो । माओवादी नेताहरुको आफ्नै ब्यक्तिगत उन्नती वाहेका कार्यकर्ता र देशलाई कुनै हीत नगर्ने माओवादी प्रबृत्तिको चर्को आलोचना गर्नुभयो ।
पाटी अध्यक्ष खिल बहादुर श्रेष्ठको अधयक्षतामा भएको कार्यक्रममा, एमालेका केन्द्रिय सदस्य शरेस नेपालले अब नेपालमा काग्रेस र एमाले दुई पाटि बिच प्रतिस्पर्धा हुने बताउनु भयो । प्रदेस सदस्य बालकुमारि सापकोटाले नेकपा एमालेले चौतारा साँगाचोकगढीबाट जागरण तथा पाटि प्रबेशको शुरुवात गरेकोमा खुशि व्यक्त गर्नु भयो । जिल्ला अध्यक्ष होम नारायण श्रेष्ठले आफू बोलेर होईन गरेर देखाउने परिपाटिमा बिश्वास गर्ने भएकोले आगामी दिनमा एमालेलाई सबैभन्दा ठुलो पाटि बनाउन लागि पर्न अनुरोध गर्नुभयो । नगरपाटि सचिब चक्र तामाङले सञ्चालन गर्नु भएको कार्यक्रममा कार्यकर्ताहरु हलमा भरिभराउ भई नअटेर बाहिर समेत बसेका थिए ।
