नेकपा एमाले चौतारा साँगाचोकगढी नगर कमिटीले आयोजना गरेको बृहत पार्टी प्रवेश तथा जागरण अभियान कार्यक्रममा ३ सय १९ जनाले विभिन्न पार्टी परित्याग गरि एमाले मा प्रवेश गरेका छन् । अधिकांश माओवादी बाट अन्य राप्रपा, समाजवादी र कांग्रेसबाट एमालेमा प्रवेश गरेका हुन् । वडा नंम्वर १ बाट १ सय चालीस, वडा नंम्वर ५ बाट ४३ सहित ३ सय १९ जनाले एमाले पार्टी प्रवेश गरेको नेकपा एमाले सिन्धुपाल्चोकका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारि दिनुभयो ।
