सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ३ स्थित रहेको सेतिदेवी आधारभुत विद्यालयको विद्यालय व्यवस्थापन समिति गठन गरेकोे छ । बिहिबार बसेको अभिभावक भेलाले दुर्गा बहादुर थापाको अध्यक्षतामा विद्यालय व्यवस्थापन समितिसर्वसम्मत गठन गरेको हो । विद्यालयको सदस्यहरुमा सन्जु खड्का, मनकुमारी खड्का, गेद बहादुर थापा, दुकु कुमारी थापा, टिप बहादुर थापा, खिक बहादुर थापा, गणेश बहादुर थापा र भगवती थापा रहनुभएको छ भने सहसचिवमा रामशरण ढुङ्गाना रहनुभएको छ ।
