सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङ सम्मानीत हुनु भएको छ । नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभाग ले बिहीबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । सम्मान पाए पछी नगर प्रमुख तामाङले आफुले नेतृत्व गरेको मेलम्ची नगरपालिकाकालाइ २०७९÷८० को स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा पारेर यो सम्मान दिलाउँनु सहयोग गर्नु हुने नगरकार्यपालीकाका पदाधिकारी, कर्मचारी प्रशासन, उपभोक्ता समितीहरु, लगाएत सम्पुर्ण नगरबासीहरुलाइ बिषेश धन्यबाद दिन चाहान्छु भन्ने हुँदै आगामी दिनमा अझ ब्यवस्थित र शुशानको लागी अगाढी बढ्ने प्ररेणा मिलेको बताउँनु भयो ।
नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागको आयोजनामा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले नेतृत्व गरेका २१ स्थानीय तहलाई बिहीबार पुर्ब प्रधानमन्त्री नेपाली काँग्रेसका पाटी सभापती शेर बहादुर देउवाले एक समारोहका बिच सम्मान गर्नु भएको हो । २०७९÷८० को स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमापरेका चार नगरपालिका इलामको इलाम नगरपालिका, चितवनको खैरहनी नगरपालिका, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र खोटाङको हलेसी तुवाचुङ नगरपालिकालाई नेपाली कांग्रेसले सम्मान गरेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम स्थानीय तह सम्मन्वय बिभाग प्रमुख मधु आचार्यले जानकारी दिनु भयो । उँहाका अनुसार गाउँपालिकातर्फ सिन्धुलीको ध्याङ्लेद गाउँपालिका, दैलेखको महाबु गाउँपालिका, गुल्मीको मदाने गाउँपालिका र हुम्लाको सर्केगाड गाउँपालिकालाई सम्मान गरिएको छ ।स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमापरेको पालिकाहरुलाइ सम्मान गर्देैनेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सत्ता सहकार्यले कांग्रेसलाई आगामी दिनमा अझ बलियो बनाउन मद्दत पुग्ने बताउनुभएको छ । सभापति देउवाले कांग्रेसले सबैलाई मिलाएर अगाडि बढ्नुपर्ने अवस्था रहेको र “भोलिका चुनौतीपूर्ण दिनलाई अवसरका रुपमा लिएर अगाडि बढ्नुपर्छ” भन्नुभयो ।
कांग्रेसले महालेखा परीक्षकको आव २०७९÷८० को वार्षिक प्रतिवेदनअनुसार कम बेरुजु हुने छ वटा स्थानीय तह, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आव २०७९÷८० को स्थानीय तह संस्थागत स्वमूल्याङ्कनका आधारमा सात स्थानीय तह र आव २०७९÷८० को स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनका आधारमा आठ स्थानीय तहलाई सम्मान गरेको हो । कांग्रेसले महालेखा परीक्षकको आव २०७९÷८० को वार्षिक प्रतिवेदनअनुसार कम बेरुजु हुने स्थानीय तह धादिङको नेत्रवती डवजोङ गाउँपालिका, नुवाकोटको म्यागङ गाउँपालिका, सर्लाहीको विष्णु गाउँपालिका, काठमाडौँको नागार्जुन नगरपालिका, सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका र काभ्रेपलाञ्चोकको पनौती नगरपालिकालाई सम्मान गरेको छ ।त्यस्तै आव २०७९÷८० को स्थानीय तह संस्थागत स्वमूल्याङ्कनका आधारमा कांग्रेसले तीन नगरपालिका चार गाउँपालिकालाई सम्मान गरेको छ । सम्मानित हुने नगरपालिकामा धादिङको नीलकण्ठ नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र चितवनको रत्ननगर नगरपालिका रहेका छन् । त्यस्तै स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका, पर्वतको जलजला गाउँपालिका, गुल्मीको मदाने गाउँपालिका र धादिङको ज्वालामुखी गाउँपालिका रहेका छन् ।
