नेपाल भुतपुर्व सैनिक संघ इन्द्रावती गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा लिला बहादुर तामाङ निर्वाचित हुनुभएको छ । त्यस्तै सचीवमा जलप्रसाद लम्साल, कोषाध्यक्षमा श्याम बहादुर श्रेष्ठ र सदस्यहरुमा क्रमश राम बहादुर ठकुरी, विजयराम नापित, राम बहादुर गिरी, हरि बहादुर गिरी, काजी तामाङ, राम बहादुर तामाङ, दल बहादुर भारती, वीर बहादुर तामाङ, गणेश बहादुर तामाङ, वोध विक्रम थापा, चुनलाल माझीसहित १५ जनाको कार्यसमिति निर्वाचित भएको हो ।
शनिबार इन्द्रावती गाउँपालिका नवलपुरमा भएको प्रथम अधिवेशनमा कांग्रेस पूर्व केन्द्रिय सदस्य विष्णु विक्रम थापाले निर्वाचित कार्यसमितिलाई बधाई एवम् शुभकामना दिदै समाज सहित कांग्रेसलाई समृद्ध बनाउन सैनिक साथीहरुको सहयोग हुनेमा आफु विश्वास्त रहेको बताउनुभयो ।
कार्यक्रममा मन्तव्य राख्दै पूर्व गाउँपालिका अध्यक्ष बंशलाल तामाङले सैनिक संघको गठनले कांग्रेसलाई थप चलयमान बनाउनेमा आफू विश्वस्त रहेको बताउनुभयो । उहाँले निर्वाचित सैनिक संघका सबै पदाधिकारीलाई आफ्नो जिम्मेवारी निष्पक्ष रुपले निर्वाह गर्न समेत आग्रह गर्नुभयो । महासमिति सदस्य शिव सुनारले पनि सैनिक संघ ले पार्टी भित्र सल्किएको धुवा धुलो र आगोलाई निभाउन भुमिका खेल्ने बताउनुभयो । सैनिक संघले दमकलको जस्तै भुमिका निर्वाह गरि पार्टी भित्रको बेथिति लाई मेटाउन सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै महासमिति सदस्य राजु गोर्खालीले देश विकास मा सैनिकको योगदान भएकोले अब गाउँको वडाको विकास गर्न पनि सैनिकको सहयोग हुने विश्वास व्यक्त गर्दै पार्टीको सङगठन निर्माणमा ठूलो महत्त्वपूर्ण भुमिका खेल्ने विश्वास समेत रहेको बताउनुभयो ।
त्यसैगरी युवा नेता महाधिवेशन प्रतिनिधि बिल बहादुर तामाङले सैनिक संघलाई नेताहरूको प्रयोगमा नपर्न आग्रह गर्नुभयो । म पनि नेताको प्रयोगमा परेको थिए स्मरण गर्दै तामाङले भन्नुभयो त्यो बेला म नेविसंघ सिन्धुपाल्चोकको सभापति थिए मलाई नेताहरूले प्रयोग गरेका थिए । यसका साथै तामाङले भुपु सैनिक साथिहरुले सबैलाई समेटेर काम गर्न अनुरोध गर्नुभयो ।
नेताको आलोचना नगर्न पनि उहाँले अनुरोध गर्नुभयो । कार्यक्रममा महाधिवेशन प्रतिनिधि श्री लामा, उद्धव बानियाँ, सानुमाया हिमालय बागमती कांग्रेस प्रदेश प्रतिनिधि देवकुमार कोइराला कांग्रेसबाट इन्द्रावतीमा निर्वाचित जनप्रतिनिधिहरु लगायत नेताहरूको बक्लो उपस्थिती रहेको थियो । कार्यक्रम दल बहादुर राणाको सभापतित्वमा सम्पन्न भएको थियो ।
