दर्शन सुनार/कतार
पर्वत समाज कतारको संरक्षकत्वमा स्थापित पर्वत समाज कतार बहुउद्देश्यीय अक्षयकोषले प्रथम अधिवेशन २०२४ भब्य रुपमा सम्पन्न भएको छ ।
पर्वत समाज बहुउद्देश्यीय अक्षयकोष कतारका अध्यक्ष नन्दलाल बिक(अजय) को सभापतित्व तथा गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनबाट आगामी कार्यकालका लागि अध्यक्षमा नन्दलाल बिक (अजय) निर्वाचित हुनु भएको छ । त्यसैगरी उपाध्यक्षमा छबिलाल भट्टराई, श्यामलाल न्यौपाने, चिन्तामणी पौडेल, सचिवमा ओम बहादुर क्षेत्री (सन्तोष) सह सचिवमा भरत मल्ल ठकुरी,कोषाध्यक्षमा रघुनाथ शर्मा, र सह कोषाध्यक्षमा भिमकान्त पौडेल निर्वाचित हुनुभएका छन् ।
त्यस्तै कार्यसमिति सदस्यहरुमा क्रमश दिल कुमार श्रेष्ठ, शेषराज तिमल्सिना, सेवक घताने, महेन्द्र कुमार चालिसे, हरि प्रसाद शर्मा,आनन्द जिसी, टंक प्रसाद तिवारी, राम प्रसाद शर्मा,सुवास जिसी,राजु जिसी, गङ्गा शर्मा, रमेश पौडेल रहेका छन। निर्वाचन समिती संयोजक बिक्रम कार्कीले नव निर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको हो ।
बिधिगत उदंघाटन सहित ब्यानर अनावरण गर्दै दिप प्रज्वलन गरेर कार्यक्रम अघि बढेको थियो । समाजका उपाध्यक्ष तथा कार्यक्रम संयोजक छबिलाल भट्टराईले स्वागत मन्तव्य राखेको कार्यक्रममा कलाकार अञ्जली परियारले स्वागत नृत्य पेश गर्नुभएको थियो ।
अक्षयकोषको हाल सम्मको आयब्य बिवरणको बारेमा समाजका कोषाध्यक्ष रघुनाथ शर्माले प्रष्ट पार्दै अक्षयकोषलाई एक करोड सम्म पु¥याउने लक्ष्य रहेको उहाँको भनाई थियो । कार्यक्रममा कतारमा स्थापित विभिन्न संघ–संस्थाका प्रमुखहरुले मन्तव्य राखेका थिए ।शुभकामना वक्ताहरुले अक्षयकोषले लिएको उद्धेश्य लक्ष्य र सपना चाडै पूरा होस भन्ने शुभकामना समेत दिनुभएको थियो ।
स्थानीय कलाकार यमुना पटेलले म्याग्दी जिल्लामा प्रचलित थाली नाच प्रस्तुती दिनुभएको थियो । थाली नाचले कार्यक्रममा थप रोचक थपेको थियो । तमु गुरुङ समाजले चेली माईतीको सम्बन्धलाई प्रगाढ बन्ने बिश्वास व्यक्त गर्दै पर्वत समाज कतारलाई सगुन (कोशेली) प्रदान गरेको थियो । कार्यक्रममा कलाकार यमुना पटेल,सुरज खनाल,देव बिस्वकर्मा,कृष्ण दर्लामीले आफ्ना सांगीतिक प्रस्तुति दिएका थिए ।कार्यक्रममा आफ्ना सागिंतिक प्रस्तुति दिएका कलाकारहरुलाई स्टेज मै सम्मान पत्र र पारिश्रमिक सहित सम्मान गरिएको थियो । कार्यक्रमका लागि नेपालबाट आमन्त्रित अतिथी कलाकार प्रतिभा चापागाईंले आफु कतार प्रहिलो पटक सांगीतिक प्रस्तुति दिन कतार पुगेको बताउदै कतार सम्म आउन आयोजक टिमले खेलेको भुमिकालाई स्टेज बाटै धन्यवाद व्यक्त गर्नु भयो ।परदेशी तिमी कति महान छौ भने भन्ने श्लोक सुनाउदै आफ्ना सांगीतिक प्रस्तुति राख्नु भएको थियो । माईती बिना यो चेलीको के नै अर्थ भो । मलाई पिर छैन धनको बरिलै, भन्ने गितमा आफ्नो प्रस्तुति दिनुभयो ।
बहुउद्देश्यीय अक्षयकोषको लागि सहयोग गरेका विशिष्ट ब्यक्तित्वहरुलाई समाजले दोसल्ला ओढाएर सम्मान गरेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी भट्टले अक्षयकोषको लिएको लक्ष्य पूरा हुन सकेमा गृह जिल्ला पर्वतमा निम्न स्तर पिछडिएका जहाँ शिक्षा र स्वास्थको अभाव छ त्यो ठाउमा अक्षयकोषले काम गर्न सकेमा टेवा पुग्ने बताउनु भयो । कार्यक्रममा कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि,बुद्धिजीवी, समाजसेवीहरुको बाक्लो उपस्तिथि रहेको थियो ।
सभापति नन्दलालले आफ्नो मन्तव्य बोल्दै बहुउद्देश्यीय अक्षयकोषलाई अगाडी बढाउन सबै जनाको साथ र सहयोगले मात्र लक्ष्य पूरा गर्न सकिने बताउदै आगामी दिनमा सबै जनालाई आजिवन सदस्य लिएर सहयोग गर्न समेत अपिल गर्नु भयो । कार्यक्रमलाई सम्पन्न गर्न विभिन्न कोण बाट सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो । अधिवेशनको सहजीकरण समाजका सचीव सन्तोष क्षेत्री र सह सचिब भरत मल्ल ठकुरीले मिलेर गर्नुभएको थियो ।
