सम्पर्क

ब्रेकिङ न्युज २

महिला हिंसा अन्त्यका लागी सबैको दायित्व बराबरी हुन्छ ः नगर प्रमुख सापकोटा

जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार
महिला हिंसा अन्त्य गर्न महिला मात्र होइन पुरुष समाज अनि सबै नागरिकको दायित्व र जिम्मेवारी बराबर हुने चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले बताउँनु भएको छ । उहाँले वडा नं. १२ को वडा कार्यलय परिसरमा आयोजित लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान समापनको अबसरमा प्रमुख अतिथीको आशनबाट बोल्दै यस्तो बताउँनु भएको हो । उहाँले कुनैपनि नागरिकले आफुले चाहेको काम गर्न र चाहेको कुरा भन्न नदिनु पनि हिंसा हो भन्नु हुँदै कानुनले दिएका सबै कामहरु स्वतन्त्र र निष्पक्ष ढङ्गबाट गर्न पर्ने बताउँनु भयो । नगर प्रमुख सापकोटाले “मान्छे शिक्षित हुँदै गएपनि हिंसामा भने कमी आएको देखिँदैन, छोरा र छोरी दुवैले एक अर्कालाई सम्मान गर्न सिकाउनुपर्छ कुनैपनि आधारमा हिंसा गर्नुहुँदैन भनेर घर र विद्यालयबाटै सिकाउन आवश्यक छ भन्नुभयो । ‘हामी सबैको प्रतिबद्धता लैङ्िगक हिंसा अन्त्यको लागि एक्यवद्धता’ भन्ने मुल ...

सुनखानिमा महिला प्रजनन शिविर सम्पन्न १ सय ८९ महिलाले गराए चेकजाँच

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
 सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नम्बर ५ सुनखानीमा महिला प्रजनन स्वास्थ शिविर आयोजना गरेको छ । मंगलबार आयोजना गरिएको शिविरमा एक सय ८९ महिलाले चेकजाँच गराएका थिए । रत्न बस्नेत मेमोरियल फाउन्डेसनले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा चेकजाँच गराएकामध्ये ६ जनामा समस्या देखिएपछि उनीहरूलाई थप उपचारका लागि सिर मेमोरियल बनेपा लगिने जानकारी दिनुभयो । जटिल समस्या देखिएका ६ जनाको अपरेसन गर्नुपर्ने नेपाली कांग्रेस सुनकोशी–काठमाडौं सम्पर्क समितिका अध्यक्ष इन्द्रबहादुर केसीले बताउनुभयो । स्वास्थ्य शिविर बुधबार पनि जारी रहने र समस्या देखिएका महिलालाई स्वास्थ्य चेकजाँच गरी फाइदा लिन आयोजक पक्षले अनुरोध गरेको छ । कार्यक्रमको प्रमुख अतिथिप उपाध्यक्ष कान्छी लामा थिइन् । कार्यक्रम को अध्यक्षता सुनकोशी ५ का अध्यक्ष जालबहदुर लामाले गर्नुभएको थियो । यस्ता कार्यक्रमबाट विपन्न र सीमान्तकृत महिलालाई ल...

विश्व विद्यालयका पदाधिकारीको नियुक्ति मेरिटोक्रेसीको आधारमै हुनु पर्छ ः महर

ब्रेकिङ न्युज २, समाचार
काठमाण्डौं नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा विभागका प्रमुख नैनसिंह महरले विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्त गर्दा खुला प्रतिस्पर्धा (मेरिटोरेसी) लागू हुनुपर्ने कांग्रेसको धारणा रहेको बताउनुभएको छ । प्राज्ञ समूहद्वारा मंगलबार काठमाडौंमा आयोजित “प्राज्ञिक विमर्श “ कार्यक्रममा नेता महरले सबै विश्वविद्यालय र प्रतिष्ठानमा मेरिटोक्रेसी लागू हुनुपर्नेमा जोड दिनुभएको हो । उहाँले भन्नुभयो, “व्यक्तिगत रुपमा पनि मैले डेढ दशकदेखि मेरिटोक्रेसीका आधारमा विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्त हुनुपर्ने आवाज उठाउँदै आएको छु । विश्वविद्यालयको श्वायत्तता र गरिमा बढाउने पक्षमा दृढतापूर्वक नेपाली कांग्रेस उभिँदै आएको छ ।“ शिक्षाको उन्नयनका लागि कांग्रेसले देशब्यापी रुपमा ’शिक्षा नीति बहस अभियान ’ संचालन गरेको महरको भनाई थियो । त्रिभुवन विश्वविद्यालय मात्र नभइ नेपालका सबै व...

बनदेबी माबीलाइ लायन्स क्लबको न्यानो कपडा

ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
लायन्स क्लब अफ काठमाण्डौं सिन्धु चौतारा सिटीद्वारा चौतारा भुलभुलेमा रहेको बनदेबि माध्यमिक विद्यालयमा अध्ययननरत १६ जना दृष्ट्रिबिहिन विद्यार्थिहरुलाई न्यानो कपडा बितरण गरेको थियो । समाज सेबी भुपेन्द्र थापाको सहयोगमा लायन्स क्लब अफ काठमाडौ सिन्धु चौतारा सिटिद्वारा दृस्टीबिहिन बिद्यार्थीलाई न्यानो कपडा बितरण गरेको हो । जाडो महिनालाइ विशेष मध्यनजर गरेर बालबालिकाहरुलाइ न्यानो कपडा बितरण गरेको क्लबमा अध्यक्ष भगवान खड्काले बताउनु भयो। बिगतको बर्षहरु झै यो बर्ष पनि विभिन्न सामाजिक काम गर्दै आएको लायन्स क्लब ले अब आउने दिनहरुमा पनि यस्ता खाले सामाजिक कार्य गर्दै जाने र सामाजिक काम गर्दा मनमा खुसी मिल्ने गरेको खड्काले बताउनु भयो। समाजमा विभिन्न पेसा ,ब्यवसायमा आबद्द युवाहरुले हातेमालो गरेर अघि बढ्यो भने सामाजिक काम गर्न कसैले कठिन नहुने रहेछ , स्वच्छ हृदयले काम गर्न पाउँदा गर्व लाग्ने कुरा क्लबका उप...

समाजसेवी थापाद्धारा न्यानो कपडा बितरण

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, स्वास्थ्य
समाजसेवी तथा थापा इन्टरप्राइजेजका सञ्चालक नेपाली काँग्रेसका नेता भुपेन्द्र थापाले जाडोको समयमा चिसोबाट बच्नका लागि जेष्ठ नागरिक तथा अपाङ्कता भएका ब्यक्तीहरु, अशाय बिद्यार्थीहरुलाइ न्यानो कपडा बितरण गर्नु भएको छ । नेपाली काँग्रेसका उपसभापती टङ्क बहादुर कार्की नेपाली काँग्रेस चौतारा साँगाचोकगढी नगर सभापती इन्द्रलोचन धिताल नगर सचिव भगवान खड्का सहितको टोलीले न्यानो कपडा बितरण गरेको हो । जेष्ठ नागरिक आश्रममा १५ जना जेष्ठ नागरिकलाई न्यानो कपडा, थर्मकोट १५ सेट, बनदेबी माबिमा १६ सेट, ज्ञानमन्दिर नमुना माध्यमिक बिद्यालय मेलचौरमा असाय बालबालिकालाई २० सेट न्यानो कपडा लागाएतका सामाग्रीहरु बितरण गर्नुभएको छ । नगरमा रहेका असाय बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका ब्यक्तीहरु तथा एकल महिलाहरुलाई जाडोको समयमा लगाउँने कपडा नहुनेहरुलाई निरन्तर सहयोग गरिरहने थापाले जानकारी दिनुभयो । उहाँले जाडोका कारण कसैला...

नेपाल इन्जिनियरिङ कलेजद्वारा प्रादेशिक छात्रवृत्ति वितरण

ब्रेकिङ न्युज २, समाचार
काठमाण्डौं मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजले प्रादेशिक छात्रवृत्ति वितरण गरेको छ । कलेजले आइतबार प्रादेशिक छात्रवृत्ति परीक्षामा सर्वोत्कृष्ट भएका पाँच वटा प्रदेशका विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको हो । प्रादेशिक छात्रवृत्ति पाउनेहरुमा मधेश प्रदेशबाट अभिषेक कुमार यादव, बागमती प्रदेशबाट सुवास गिरी, गण्डकी प्रदेशबाट पार्वती पनेरु, लुम्विनी प्रदेशबाट विजयकुमार यादव र सुदुरपश्चिम प्रदेशबाट सरोज देउवा रहेका छन् । कोशी प्रदेश र कर्णाली प्रदेशबाट भने प्रादेशिक छात्रवृत्ति छनौट बाँकी रहेको छ । नयाँ शैक्षिक सत्रको भर्ना अभियान अझै केही दिन बाँकी रहेकाले दुई प्रदेशको प्रादेशिक छात्रवृत्ति वितरण गर्न बाँकी छ । छात्रवृत्ति पाउने विद्यार्थीहरुले क्रमशः इलेक्ट्रिक्स एण्ड इलेक्ट्रोनिक्स, सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, विडिएच, सिभिल एण्ड ...

स्याङ्जा सहयोग समाजको नवौं अधिवेशन सम्पन्न अध्यक्षमा घनश्याम

ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार/लोकप्रिय दैनिक दोहा,कतार “स्याङ्जा सहयोग समाज कतारको चाहना, विशुद्ध सामाजिक सेवाको भावना” भन्ने मुल नाराका साथ स्याङ्जा सहयोग समाजले नवौं अधिवेशन भब्य रुपमा सम्पन्न गरेको छ । समाजका अध्यक्ष प्रकाश परियारको सभापतित्व तथा एनआरएनए आईसीसी उपाध्यक्ष राज रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनको बन्द शत्रबाट आगामी कार्यकालका लागी अध्यक्षमा घनश्याम (अर्याल) जैसी निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा शिव राम ढकाल, प्रथम उपाध्यक्षमा टेक बहादुर गै¥हे, द्वितीय उपाध्यक्षमा नगेन्द्र रिमाल तृतिय उपाध्यक्षमा लोकेन्द्र सिक्देल, महासचिवमा रोशन अर्याल, सचिवमा सागर सुनार,सचीव छबिलाल तिवारी, कोषाध्यक्षमा दिपक सुवेदी र सहकोषाध्यक्षमा महेश लामिछाने निर्वाचित भएका छन् । त्यस्तै कार्यसमिति सदस्यहरुमा धन बहादुर पुराकोटी, किरण बि क,बालन परियार,दिपक कामी चोम बहादुर परियार, पंकज बिक, दिपक कुमार बि...

पाँचपोखरीको पर्यटन प्रर्वद्धनका लागी सधै सहयोग गर्नेछु ः मन्त्री ठकुरी

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ४ नागी थामडाँडामा रहेको पेमाछल उद्यान केन्द्रमा संग्राहलय भवन शिलन्यास, १५ फिटको राष्ट्रिय झण्डा तथा १२५ लुङ्ता ध्वजा फहराइएको छ । आज एक कार्यक्रमका बिच बागमती प्रदेशका संस्कृती पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरी, बागमती प्रदेशका सांंसद कृष्णकुमार तामाङ ( समिर),पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामा,उद्यान केन्द्रका प्रमुख लामा फुर्वासिंगी लामा लगायतको उपस्थितीमा भएकोक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ठकुरीले बहुपहिचान सहितको गाउँपालिका भवन देख्दा खुशी लागेको बताउनुभयो । आन्तरिक र बाह्य पर्यटकीय संभावना बोकेको यस पालिका लाई आफुले सधैं सहयोग गर्ने बताउनुभयो । मन्त्री ठकुरीले यस पेमाछल केन्द्रको लागी आफु सहयोग गर्न तयार रहेको उद्घोष गर्नुभयो । पाँचपोखरी थाङपाल गाउँपालिका संग आफ्नो सम्बन्ध अत्यन्तै सुमधुर रहेको भन्दै यहाँको प्रबर्द्धनका लागी सध...

लैैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत पाँचपोखरी थाङपाल गाँउपालिकाका वडाहरुमा सचेतना मुलक ¥याली

ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
 देबराज सुबेदी , ३३औं १६ दिने लैैङ्गिक हिंसा बिरुद्धको अभियान अन्तर्गत पाँचपोखरी थाङपाल गाँउपालिकाका वडाहरुमा सचेतना मुलक सडक ¥याली गरिएको छ । अभियान अन्तर्गत हामी हाम्रो कार्यालय तथा गाँउपालिका लैगिंक हिंसा अन्त्यका लागि प्रतिवद्ध छौं भन्ने नारा सहित मंसिर १८ गतेबाट २१ गते सम्म ८ वटै वडाहरुमा सडक ¥याली गरिएको पालिकाका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख सारदा उप्रेतीले जानकारी दिनुभयो । ¥यालीमा सहभागिले लैैङ्गिक हिंसा अन्त्य गरौं, बाल विहाह अन्त्य गरौं, हिंसा सहेर नबसौं, बाल श्रम अन्त्य गरौं लगायतका नारा लगायका थिए ।अभियानका क्रममा गाँउपालिका उपाध्यक्ष सुनिता अधिकारी, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुइंकेल, वढा अध्यक्षहरु, कर्मचारी, स्थानिय लगायतको उपस्थिति रहेको थियो ।...

सद्‍भाव युवा समूह समाज कतारद्वारा गुल्मीको सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार/लोकप्रिय दैनिक दोहा,कतार गुल्मीको सामुदायिक विद्यालयलाई सद्‍भाव युवा समूह समाज कतारद्वारा शैक्षिक सामग्री सहयोग गरेको छ । कतारलाई कर्म थलो बनाई कतार एअरवेजको विभिन्न शाखाहरूमा कार्यरत युवाहरूले नितान्त सामाजिक सदंभाव, मानव सेवा तथा सामाजिक हक र हितका लागि काम गर्ने हेतुले कतारमा सन् २००८ मा स्थापना भएको सदभांव युवा समाज कतारले गुल्मीमा एक प्राथमिक विद्यालयलाई एक लाख एक्काइस हजार बरावरको शैक्षिक सामग्री सहयोग गरेको हो । सदभाव युवा समाज कतार र सदभाव युवा समाज नेपालको संयुक्त आयोजनामा गुल्मी जिल्ला ईस्मा गाउँपालिका वडा नं। ५ राता पोखरामा रहेको श्री सिद्ध आधारभूत प्राथमिक विद्यालयमा अध्ययनरत करिब ६५ जना बिद्यार्थीहरुलाई सदभांव उपहार स्वरूप विद्यालय व्यवस्थापन समिति स्थानीय समाजसेवी एवं जनप्रतिनिधिको रोहबरमा ६५ थान ट्र्याक सुट, ६५ स्कुल झोला९ब्याग० लगायत शैक्षिक सामग्री वितरण ग...