सम्पर्क

स्याङ्जा सहयोग समाजको नवौं अधिवेशन सम्पन्न अध्यक्षमा घनश्याम

दर्शन सुनार/लोकप्रिय दैनिक दोहा,कतार

“स्याङ्जा सहयोग समाज कतारको चाहना, विशुद्ध सामाजिक सेवाको भावना” भन्ने मुल नाराका साथ स्याङ्जा सहयोग समाजले नवौं अधिवेशन भब्य रुपमा सम्पन्न गरेको छ । समाजका अध्यक्ष प्रकाश परियारको सभापतित्व तथा एनआरएनए आईसीसी उपाध्यक्ष राज रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनको बन्द शत्रबाट आगामी कार्यकालका लागी अध्यक्षमा घनश्याम (अर्याल) जैसी निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा शिव राम ढकाल, प्रथम उपाध्यक्षमा टेक बहादुर गै¥हे, द्वितीय उपाध्यक्षमा नगेन्द्र रिमाल तृतिय उपाध्यक्षमा लोकेन्द्र सिक्देल, महासचिवमा रोशन अर्याल, सचिवमा सागर सुनार,सचीव छबिलाल तिवारी, कोषाध्यक्षमा दिपक सुवेदी र सहकोषाध्यक्षमा महेश लामिछाने निर्वाचित भएका छन् । त्यस्तै कार्यसमिति सदस्यहरुमा धन बहादुर पुराकोटी, किरण बि क,बालन परियार,दिपक कामी चोम बहादुर परियार, पंकज बिक, दिपक कुमार बि क,धिरज बिक्रम शाही, टोपलाल पान्डे, दिपक गै¥हे र बुद्धि प्रसाद ढकाल रहेका छन् । नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक गुरुनारायण रानाभाटले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । बिधिगत रुपमा नौमती पञ्चेबाजालाई पुजेर, ब्यानर अनावरण, दिप प्रज्वलन गरेर अघि बढेको कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्षमा घनश्याम जैसीले स्वागत मन्तव्य राखेका थिए । स्थानिय कलाकार गङ्गां बिसी र जमुना बिसीले स्वागत नृत्य राखेका दिनुभएको थियो । दुई बर्षे कार्यकालको आयब्य प्रगति बिवरण समाजका कोषाध्यक्ष ठाकुर कुमार गौतमले पेश गरेका थिए । समाजले आयोजना गरेका विभिन्न काम र कार्यमा आर्थिक,नैतिक भौतिक सहयोग गरेका विभिन्न सहयोगी ब्यक्तित्व, सामाजिक ब्यक्तित्व विभिन्न संघ–संस्था, कलाकार, पत्रकार खेलकुदका खेलाडी लगायत नौमती पञ्चेबाजाका सम्पुर्ण टिमहरु लगायत अन्य ब्यक्तित्वहरुलाई खादा ओढाएर सम्मान पत्र मायाको चिनोसहित सम्मान गरिएको थियो । कार्यक्रममा सिमित कलाकारहरुले सागिंतिक प्रस्तुति दिनुभएको थियो ।
कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि, सामाजिक ब्यक्तित्व बुद्धिजीवी,समाजसेवी ब्यक्तित्वहरुले अधिवेशनको अवसरमा शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथीलाई दोसल्ला ओढाएर मायाको चिनो र सम्मान पत्र सहित सम्मान गरिएको थियो । सम्मान पश्रांत आफ्नो मन्तव्य बोल्दै रेग्मीले स्याङ्जा सहयोग समाजले गृह जिल्ला स्याङ्जामा बिकासको लागी ठूलो आर्थिक रकम सकंलन गरेर निकै राम्रा र पृथक काम गर्दै आईरहेको बताउदै आगामी दिनमा पनि थप राम्रा काम गर्न जोड दिनुभयो । अब आउने नयाँ कार्यसमितिले कतार तथा गृह जिल्ला सगं जोडिएर थप राम्रा काम गर्ने बिश्वास व्यक्त गर्दै आउने नयाँ कार्यसमितिलाई शुभकामना समेत व्यक्त गर्नुभएको थियो । समाजका महासचिव अर्जुन पौडेलले सहजीकरण गरेको कार्यक्रमको खुल्ला शत्रको समापन गर्दै सभापति परियारले आफ्नो कार्यकाललाई सफल बनाउन विभिन्न तह र तप्काबाट सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै आफ्ना कार्यकालमा बाकी रहेका काम नयाँ कार्यसमितिले पुर्णता दिने बिश्वास व्यक्त गर्दै हलमा उपस्थित सम्पुर्णलाई धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा कतारमा स्थापित विभिन्न बैचारिक सगंठन, प्रदेश समन्वय,विभिन्न जिल्ला संस्थाका प्रमुख तथा प्रतिनिधि, स्याङ्जा सहयोग समाज कतारको मातहतमा रहेका ईकाईका प्रमुख तथा प्रतिनिधि सगैं कलाकार पत्रकार,लगायत सर्वसाधारणहरुको बाक्लो उपस्थिति रहेको थियो ।