सम्पर्क

नागरिकहरु सचेत भएर काम गर्ने हो भने हिसा भन्ने हुँदैनः उप प्रमुख मन्जु तामाङ

बिपना तामाङ,हरेक घरका नागरिकहरु सचेत भएर काम गर्ने हो भने हिसा भन्ने हुँदैन त्यसका लागी हरेक नागरिक सचेत हुन जरुरी हुँन्छ त्यसैले सबै नागरिकले आआफ्नो हैसियत अनुसारको काम गर्न पर्ने बाह्र्बिसे नगर उप प्रमुख मन्जु तामाङले बताउँनु भएको छ । उँहाले १६ दिने लैंगिक हिंसाविरुद्धको अभियान अन्तरगतको कार्यक्रममा सहभागीहरुलाइ समबोधन गर्दै यस्तो बताउँनु भएको हो ।  बाहबिसे नगरपालिकामहिला बालबालिका शाखाको आयोजनमा र इलाका प्रहरी कार्यालयको समन्वयमा बिभिन्न वडाको समुदायमा गएर जनचेतनामुलक कार्यक्रम गर्ने क्रममा शनीबार बाहबिसे नगरपालिका वडा नं ३ मा भएको कार्यक्रममा उँहाले यस्तो बताउँनु भएको हो । वडा नं का वडा सदस्य अनिस पाइनको अध्यक्षतमा र नगर–उपप्रमुख मन्जु तामाङको प्रमुख अतिथिमा शनीबार धारपामा र्याली गरेर समापन गरिएको कार्यक्रममा नगर–उपप्रमुख तामाङले सहभागीहरुलाइ सम्बोधन गर्दै हामी सबैले पहीले आफु कुनै पनी हिसा गर्दीन, कुनै पनी हिसामा सहभागी हुन्न र अरुले गरेको हिसाँका बिरुद्ध लाग्छु अनी कँही कतै कुनै प्रकारको हिसा भएको थाहा भएमा नजीकको सुरक्षाकर्मीलाइ खबर गर्छु भन्ने सोच राखेको खण्डमा कुनै पनी हिसाँ नहुने बताउँनु भयो । उँहाले हामी सबै लैङ्गीक हिसाँ बिरोधी अभियानमा मनै देखी लाग्न जरुरी भउको बताउँनु भयो । उँहाले यो कार्यक्रममा सहयोग गर्नुहुने कर्मचारीहरु र उपस्थित सम्पुर्ण जनचेतनामुलक कार्यक्रममा सहभागिता भइ कार्यक्रम भव्यताका साथ सम्पन्न गराउन सहायोग गरेकोमा धन्यबाद व्यक्त गर्दै यो सन्देश गाउँ, टोल, बस्तिहरुमा परिवर्तन हुनेछ भन्ने आशा व्यक्त गर्नुभयो । कार्यक्रममा महीला तथा सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।