सम्पर्क

समाजसेवी थापाद्धारा न्यानो कपडा बितरण

समाजसेवी तथा थापा इन्टरप्राइजेजका सञ्चालक नेपाली काँग्रेसका नेता भुपेन्द्र थापाले जाडोको समयमा चिसोबाट बच्नका लागि जेष्ठ नागरिक तथा अपाङ्कता भएका ब्यक्तीहरु, अशाय बिद्यार्थीहरुलाइ न्यानो कपडा बितरण गर्नु भएको छ । नेपाली काँग्रेसका उपसभापती टङ्क बहादुर कार्की नेपाली काँग्रेस चौतारा साँगाचोकगढी नगर सभापती इन्द्रलोचन धिताल नगर सचिव भगवान खड्का सहितको टोलीले न्यानो कपडा बितरण गरेको हो । जेष्ठ नागरिक आश्रममा १५ जना जेष्ठ नागरिकलाई न्यानो कपडा, थर्मकोट १५ सेट, बनदेबी माबिमा १६ सेट, ज्ञानमन्दिर नमुना माध्यमिक बिद्यालय मेलचौरमा असाय बालबालिकालाई २० सेट न्यानो कपडा लागाएतका सामाग्रीहरु बितरण गर्नुभएको छ । नगरमा रहेका असाय बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका ब्यक्तीहरु तथा एकल महिलाहरुलाई जाडोको समयमा लगाउँने कपडा नहुनेहरुलाई निरन्तर सहयोग गरिरहने थापाले जानकारी दिनुभयो । उहाँले जाडोका कारण कसैलाई पनि रोग नलागोस् भन्दै यो न्यानो कपडाको अभियान चलाएको र आफुले सकेसम्म हरेक असायहरुलाई सहयोग गरिरहने बताउँनु भयो ।