सम्पर्क

चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १ को भवन उद्घाटन

नेत्र बहादुर बस्नेत सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १ स्याउलेको वडा कार्यालय भवन उद्घाटन भएको छ ।सोमबार वडा नं. १ का वडाध्यक्ष युवलाल श्रेष्ठको अध्यक्षतामा भएको एक कार्यक्रमकाबीच चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख असतथ्यतामा र उपप्रमुख सिता थापाको बिशेष अतिथ्यतामा नवनिर्मित कार्यालय भवनको उद्घाटन गरिएको हो । वडा कार्यालय भवन उद्घाटन गर्दै नगरप्रमुख सापकोटाले वडा कार्यालय भवन निर्माणसँगै नागरिकले सहज रूपमा सेवा पाउने विश्वास व्यक्त गर्नुभयो । मुलुकमा थुप्रै राजनीतिक उचार चडाब आए पनि विकास निर्माणका काममा कसैले पनि अवरोध गर्न नहुने भन्दै नागरिकको सुविधा र आवश्यकतालाई ध्यानमा राखेर काम गर्न पर्ने बताउनु भयो । नवनिर्मित भवनले जनता तथा कर्मचारी दुबैलाई कार्य गर्नको लागी निकै सहज पुराउने सापकोटाको भनाई छ । यसै गरी नगर उपप्रमुख सिता थापाले वडाकार्यलयको भवन निर्माणसँगै वडामा सडक, भौतिक संरचना निर्माण, खानेपानीको समस्या समाधान लगायत कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रमा पनि उल्लेखनीय विकास भएको बताउनुभयो ।
यसैगरी वडा नं. ५ का वडा अध्यक्ष शिव श्रेष्ठले वचन अनुसारको सेवा दिन सके मात्र भवनको इज्जत हुने भएकाले हामी जनप्रतिनिधि यसप्रति जिम्मेवार भएर लागी रहने बताउनु भयो ।  
कार्यक्रमको अध्यक्षता गरिरहनुभएको वडाध्यक्ष युवलाल श्रेष्ठले आफ्नै वडा कार्यालय भवनबाट जनतालाई सहज रूपमा सेवा दिन कार्यालय निर्माण गरिएको बताउनुभयो । उहाँले भवन निर्माण भएपछि वडावासीलाई सेवा दिन सहज हुने बताउनु भयो । १२ सय स्क्वास फिटमा २ तले भवन ८१ लाख ५६ हजार ४ सय ६९ रुपैयाँ ३९ पैसा लागतमा निमार्ण सम्पन्न भएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका वडा नं. १ का वडा सदस्य तथा न्यायिक समितिका सदस्य राम शरण अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन वडा कार्यालय सचिव राज बहादुर श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर उपप्रमुख सिता थापा, वडा नं. ५ का वडाध्यक्ष शिव श्रेष्ठ, ६ नं. वडाका वडाध्यक्ष हेम बहादुर तामाङ, वडा नं. ७ का वडाध्यक्ष डम्बर बहादुर तामाङ, वडा नं. ५ का पूर्व वडाध्यक्ष नरमान श्रेष्ठ, नेत्रज्योती कृषी सहकारी सस्थाका १नं वडाका बिद्यालय दिवाखाजाको संयोजक रमेश श्रेष्ठ बिद्यालयका प्रअहरु, बिद्यालय व्यवस्थपन समितीका अध्यक्ष हरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार, वडाका नागरिकलगायतको बाक्लो उपस्थिति रहेको थियो भने भवन उद्घाटनको लोकप्रिय नेत्रज्योतीको सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रसारण समेत भएको थियो । भवन उद्घाटनसँगै वडा अध्यक्ष युबलाल श्रेष्ठले नँया भवनको आफ्नो कार्यकक्षबाट अन्जु तामाङको नाता प्रमाणित र इन्द्रबहादुर थापाको जग्गाको चार किल्ला प्रमाणित गरेर सेवाग्राही सेवाको सुरु समेत गर्नुभयो ।