सम्पर्क

बनदेबी माबीलाइ लायन्स क्लबको न्यानो कपडा

लायन्स क्लब अफ काठमाण्डौं सिन्धु चौतारा सिटीद्वारा चौतारा भुलभुलेमा रहेको बनदेबि माध्यमिक विद्यालयमा अध्ययननरत १६ जना दृष्ट्रिबिहिन विद्यार्थिहरुलाई न्यानो कपडा बितरण गरेको थियो । समाज सेबी भुपेन्द्र थापाको सहयोगमा लायन्स क्लब अफ काठमाडौ सिन्धु चौतारा सिटिद्वारा दृस्टीबिहिन बिद्यार्थीलाई न्यानो कपडा बितरण गरेको हो । जाडो महिनालाइ विशेष मध्यनजर गरेर बालबालिकाहरुलाइ न्यानो कपडा बितरण गरेको क्लबमा अध्यक्ष भगवान खड्काले बताउनु भयो। बिगतको बर्षहरु झै यो बर्ष पनि विभिन्न सामाजिक काम गर्दै आएको लायन्स क्लब ले अब आउने दिनहरुमा पनि यस्ता खाले सामाजिक कार्य गर्दै जाने र सामाजिक काम गर्दा मनमा खुसी मिल्ने गरेको खड्काले बताउनु भयो। समाजमा विभिन्न पेसा ,ब्यवसायमा आबद्द युवाहरुले हातेमालो गरेर अघि बढ्यो भने सामाजिक काम गर्न कसैले कठिन नहुने रहेछ , स्वच्छ हृदयले काम गर्न पाउँदा गर्व लाग्ने कुरा क्लबका उपाध्यक्ष रबिन गौतमले बताउनु भयो।