सुजन ढकाल
हामी नेपालीहरू आफ्नो सीप र आफ्नो कला बिक्री गर्न विदेश जान्छौ । विदेश जानका लागि पनि लगानी चाहिन्छ । त्यो लगानी नेपालमा लगाएर काम गर्न सकिन्छ । यसका प्रशस्तै उदाहरण छन् तर यो सम्भावना हुँदा हुँदै पनि हामी काम गर्दैनौ र विदेश जान मात्रै ठुलो ठान्दछौँ । नेपालमै बसेर पनि आम्दानी गर्न सकिने रहेछ भनेर उदाहरणीय पात्र बन्नु भएको छ । मण्डनदेउपुरका सुजन ढकाल उहाँ आफैमा अपाङ्गता भएको व्यक्ति हुनुहुन्छ । उहाँको बिचारलाई हामीले यहाँ प्रस्तुत गरेका छौँ ।
काभ्रेपलान्चोक जिल्ला मण्डनदेउपुर नगरपालिका वडा नं. १ रानीवन निवासी म सुजन ढकाल १२ कक्षासम्मको पढाई सकेर कामको खोजीमा थिए । हामी सबैलाई थाहा भएकै कुरा हो नेपालमा पढाई अनुसारको काम पाइँदैन , अझ यसमाथि म त झन् अपाङ्गता भएको व्यक्ति काम पाउने कुरै भएन। मेरा आमाबुवा छोराले केही गरोस् भन्ने चाहानुहुथ्यो । हाम्रो मृत्यु भएपछि कसले हेर्ला भनेर चिन्ता लिनुहुन्थ्यो। मेरो बुवाले कतै संस्था तिर जागिर मिलाइदिन्छन् कि भनेर धेरै राजनीतिक दलका स्थानीय नेताहरूसँग गुहार माग्नुभयो । छोराले जागिर पाउने आसमा राजनीतिक दलका झन्डा समाउँदै ¥याली र जुलुसमा पनि हिँड्नुभयो, तर आश्वासन बाहेक केही पाइएन । एक दिन सामाजिक सञ्जाल (फेसबुक) चलाउने क्रममा मेरो चित्र बहादुर नेपालीसँग कुरा भयो । कुरा गर्दै जाने क्रममा उहाँले भन्नुभयो कि आफू एक प्रोजेक्टमा काम गरिरहेको र काम घरमा नै बसेर अनलाइन मार्फत गर्न सकिने रहेछ । सुरुमा त विश्वास लागेन, तै पनि बुझ्दै गए । त्यसो त चित्र सर पनि साउदी अरेबियाबाट १७/१८ ड्युटीको साथमा यो काम १/२ घण्टा गरिराख्नु भएको रहेछ । बिना लगानी काम गर्न सकिने र घरमा दैनिक उपभोग्य बस्तुहरू जस्तैः साबुन, स्याम्फो ,सरफ चिया, कफि, मन्जन जस्ता सामाग्री प्रयोग गर्दागर्दै आम्दानी गर्ने अवसरको बारेमा सुन्दा खुसी लाग्यो । मैले कामको सुरुवात पनि गरे । काम गर्दै जाँदा मेरो लेभल र आम्दानी पनि पढ्दै गयो । अहिले म यो प्रोजेक्टको विभिन्न लेभल्हरु मध्य दोस्रो ठुलो लेभल सिल्भर डाइरेक्टरमा पुगेको छु । यो लेभलमा २०÷२१ हजार आम्दानी हुन्छ । अन्य क्षेत्रमा खुट्टा तान्ने, अरूले प्रगति गरेको देख्न नसक्ने गरिन्छ । तर यो क्षेत्र यस्तो हो जहाँ समर्थन र सहयोग मात्र गरिन्छ । मलाइ निरन्तर सहयोग गर्नुहुने भगवान् रुपी सिनियर सरहरु शेर चन्द ठाकुर,चित्र बहादुर नेपाली र अमृत कुमार नेपालीलाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु । म दृष्टिविहीनले त यो काम गर्न तपाइहरूले पनि गर्न सक्नुहुनेछ । त्यसो त यो अपाङ्गता भएका व्यक्तिहरूले मात्र गर्ने सक्ने काम होइन ।
सबै वर्गका व्यक्तिहरूले यो काम गर्न सक्छौ । हामी नेपाली उसो त बेरोजगार छौँ ।
फुर्सद हुने बित्तिकै मोबाइल र सामाजिक सञ्जालमा समय बिताउँछौ । त्यही समयलाई सदुपयोग गरेर Healthy Living प्रोजेक्टमा आम्दानी गर्न सकिन्छ । यो काम गर्न कुनै निश्चित समय हुँदैन । धेरै जनाले विदेशबाट पार्ट टाइम गरिराख्नु भएको छ । त्यसै गरी गृहिणी, सरकारी जागिरे, राजनीतिज्ञ, पत्रकार लगायत हरेक क्षेत्रका व्यक्तिहरूले यहाँ काम गरिरहनु भएको छ ।
नेपालमा रोजगार छैन भन्नेहरूका लागि Healthy Living प्रोजेक्ट एक कोशे ढुङ्गा साबित हुन सक्छ । हामीसँग मिलेर सहकार्य गर्दै आफ्नो फुर्सदको समय सदुपयोग गरेर आम्दानी गर्न चाहनुहुन्छ भने सम्पर्क गर्नुहोला । यहाँ कुनै शैक्षिक योग्यता चाहिन्न मात्र तपाइको इच्छा शक्ति चाहिन्छ । पढे नपढेका सबैले काम गर्न सकिन्छ । अन्त्यमा के भन्न चाहन्छु भने शरीर अपाङ्ग भएर केही हुन्न सोच अपाङ्ग हुनु भएन । यो बिचार कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव दिन नभुल्नु होला ।