सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नम्बर ५ सुनखानीमा महिला प्रजनन स्वास्थ शिविर आयोजना गरेको छ । मंगलबार आयोजना गरिएको शिविरमा एक सय ८९ महिलाले चेकजाँच गराएका थिए । रत्न बस्नेत मेमोरियल फाउन्डेसनले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा चेकजाँच गराएकामध्ये ६ जनामा समस्या देखिएपछि उनीहरूलाई थप उपचारका लागि सिर मेमोरियल बनेपा लगिने जानकारी दिनुभयो ।
जटिल समस्या देखिएका ६ जनाको अपरेसन गर्नुपर्ने नेपाली कांग्रेस सुनकोशी–काठमाडौं सम्पर्क समितिका अध्यक्ष इन्द्रबहादुर केसीले बताउनुभयो । स्वास्थ्य शिविर बुधबार पनि जारी रहने र समस्या देखिएका महिलालाई स्वास्थ्य चेकजाँच गरी फाइदा लिन आयोजक पक्षले अनुरोध गरेको छ । कार्यक्रमको प्रमुख अतिथिप उपाध्यक्ष कान्छी लामा थिइन् । कार्यक्रम को अध्यक्षता सुनकोशी ५ का अध्यक्ष जालबहदुर लामाले गर्नुभएको थियो ।
यस्ता कार्यक्रमबाट विपन्न र सीमान्तकृत महिलालाई लाभ पुग्ने बताउनुभयो । बताउदै सुनकोशीमा पनि आफ्नै वडामा महिलाहरूलाई नि शुल्क चेकजाँच गर्न पाउँदा खुसि भएको उपाध्यक्ष लामाले बताउनु भयो ।
कार्यक्रम प्रविधिक सहयोग, सामुदायिक सेवा प्रतिष्ठान गठ्ठाघर ,शिविर ब्यवस्थापक तथा आयोजक, रत्न बस्नेत मेमोरियल फाउन्डेसन काठमाण्डौं, आयोजक शिर मेमोरियल एडभेन्टिस्ट अस्पताल बनेपाले सुनकोशी गाँउपालिकाको समन्वयमा सम्पन्न भएको हो । शिविरमा महिलाको निःशुल्क पाठेघरको मुखको क्यान्सरको जाँच,पिसाव चुहिने रोगको पहिचान रउपचार ,आङ खस्ने समस्याको परामर्श र उपचार, फिस्टुलाको अप्रेसन, भिडियो एक्स–रे लगायत महिला सम्बन्धि सम्पूर्ण रोगको चेक जाँच गरि औषधि समेत बितरन गरियको र सुनकोशी गाउपालिकाबाट संचालित एम्बुलेन्स र बर्दानेश्वर महादेब मन्दिर संरक्षण संस्थाबाट संचालन एम्बुलेन्सबाट अशक्त महिलाहरू लाने ल्याउने समेतको ब्यबस्थापन गरियको सुकोशी ५ का काँग्रेस सभापति कुमार बस्नेतले बताउनुभयो ।