पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ४ नागी थामडाँडामा रहेको पेमाछल उद्यान केन्द्रमा संग्राहलय भवन शिलन्यास, १५ फिटको राष्ट्रिय झण्डा तथा १२५ लुङ्ता ध्वजा फहराइएको छ । आज एक कार्यक्रमका बिच बागमती प्रदेशका संस्कृती पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरी, बागमती प्रदेशका सांंसद कृष्णकुमार तामाङ ( समिर),पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामा,उद्यान केन्द्रका प्रमुख लामा फुर्वासिंगी लामा लगायतको उपस्थितीमा भएकोक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ठकुरीले बहुपहिचान सहितको गाउँपालिका भवन देख्दा खुशी लागेको बताउनुभयो । आन्तरिक र बाह्य पर्यटकीय संभावना बोकेको यस पालिका लाई आफुले सधैं सहयोग गर्ने बताउनुभयो ।
मन्त्री ठकुरीले यस पेमाछल केन्द्रको लागी आफु सहयोग गर्न तयार रहेको उद्घोष गर्नुभयो । पाँचपोखरी थाङपाल गाउँपालिका संग आफ्नो सम्बन्ध अत्यन्तै सुमधुर रहेको भन्दै यहाँको प्रबर्द्धनका लागी सधैं लागिरहने बताउनुभयो । मन्त्री ठकुरीले थाङपाल भ्याली माध्यमिक विद्यालयमा सरस्वतीको मन्दिर निर्माण गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । बागमती प्रदेशका सांंसद कृष्णकुमार तामाङ ( समिर)ले नागी छोइलिङ गुम्बालाई २० लाख सहयोग गरेको भन्दै गुम्बा बनाउने जिम्मेवार लिएर काम गरेको बताउनुभयो । उहाँले संघीय मन्त्रालय बाट १ करोड विनियोजन गरेको भन्दै छिट्टै टेण्डर प्रक्रियामा जाने बताउनुभयो । सांसद तामाङले निर्वाचनमा बोलेका कुरा पुरागर्ने उदेश्यले अहिले काम गरिरहेको बताउनुभयो । उहाँले थोरै भएपनि गाउँपालिका भित्र रहेका १४ वटा गुम्बामा सहयोग गरेको बताउनुभयो । उहाँले पेमाछल उद्यान केन्द्रमा आवश्यक बजेट बिनियोजन गर्न प्रमुख अतिथि समेत रहेका पर्यटन मन्त्रीको ध्यानाकर्षण गराउनुभयो । उहाँले भोलिका दिनमा अर्थ मन्त्रालय,मुख्यमन्त्रीको कार्यालयमा धाएर भएपनि यहाँको गुम्बाहरुलाई पुरा गरेरै छाड्ने प्रतिबद्धता जनाउनुभयो । सांसद तामाङले आफ्नो क्षेत्रको सातवटा सडकलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । कार्यक्रममा पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामाले सबैको एकताले मात्र यहाँको सपना पुरा हुने बताउनुभयो । उहाँले पाँचपोखरी थाङपाल गाउँपालिकामा रहेको पर्यटकिय स्थलहरुको बारेमा अवगत गराउदै सबैको सहयोगबाट पर्यटकीय स्थलहरुको प्रबर्द्धन गर्नुपर्ने बताउनुभयो । उहाँले पेमाछ्ल उद्यान केन्द्रलाई प्रदेश सरकारले गौरवको योजनाको रुपमा अगाडी बढाउनुपर्ने बताउनुभयो । उहाँले पबित्र धार्मिक स्थलको रुपमा विकास गर्ने योजना रहेको सुनाउनुभयो ।अध्यक्ष लामाले सडकका कारण पर्यटकहरुलाई असहज भइरहेको बताउनुभयो । उहाँले गाउँपालिका आउने सडक प्रदेश अन्तर्गतको सडक भएकाले प्रदेश सरकारले विशेष प्राथमिकता दिनुपर्ने र कालोपत्रे गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा राप्रपाका नेता उदय सापकोटाले पेमाछल उद्यान केन्द्रलाई पर्यटकको हबको रुपमा विकास गर्नेकुरामा साथ र सहयोग रहने बताउनुभयो । वडा नम्बर ४का अध्यक्ष कुलबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सुनिता अधिकारी,प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुँईकेल लगायतको उपस्थिती रहेको थियो ।