सम्पर्क

महिला हिंसा अन्त्यका लागी सबैको दायित्व बराबरी हुन्छ ः नगर प्रमुख सापकोटा

महिला हिंसा अन्त्य गर्न महिला मात्र होइन पुरुष समाज अनि सबै नागरिकको दायित्व र जिम्मेवारी बराबर हुने चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले बताउँनु भएको छ । उहाँले वडा नं. १२ को वडा कार्यलय परिसरमा आयोजित लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान समापनको अबसरमा प्रमुख अतिथीको आशनबाट बोल्दै यस्तो बताउँनु भएको हो । उहाँले कुनैपनि नागरिकले आफुले चाहेको काम गर्न र चाहेको कुरा भन्न नदिनु पनि हिंसा हो भन्नु हुँदै कानुनले दिएका सबै कामहरु स्वतन्त्र र निष्पक्ष ढङ्गबाट गर्न पर्ने बताउँनु भयो । नगर प्रमुख सापकोटाले “मान्छे शिक्षित हुँदै गएपनि हिंसामा भने कमी आएको देखिँदैन, छोरा र छोरी दुवैले एक अर्कालाई सम्मान गर्न सिकाउनुपर्छ कुनैपनि आधारमा हिंसा गर्नुहुँदैन भनेर घर र विद्यालयबाटै सिकाउन आवश्यक छ भन्नुभयो । ‘हामी सबैको प्रतिबद्धता लैङ्िगक हिंसा अन्त्यको लागि एक्यवद्धता’ भन्ने मुल नाराका साथ सन्देश मुलक कार्यक्रमका सभापती नगर उप प्रमुख सिता थापाले महिलाहरुको सहभागिताले महिला हिंसाका बारेमा सबैले चासो दिनुपर्ने सन्देश दिएको बताउँनु हुँदै हिंसा अन्त्यका लागि सबै एक भएर लाग्न पर्ने बताउँनु भयो । कार्यक्रममा पुर्व नगर उप प्रमुख जानुका पराजुलीले हरेक परिवर्तनहरु चाहने बितिक्कै एकै पटक नभएको बताउँनु हुँदै हिसांका बारेमा बिस्तारै सबैले बुझ्दै आएकाले बिस्तारै यसको अन्त्य हुने बिश्वास ब्यक्त गर्नुभयो । कार्यक्रममा वडा नं. १२ का वडा अध्यक्ष दिपेन्द्र नेपालले कुनैपनि हिसां राम्रो होइन भन्नु हुँदै महिला हिंसा अन्तका लागि सबै मिलेर जानुपर्ने बताउँनु भयो । यसैगरी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक सन्तोष खड्काले हरेक महिला हिंसा अन्त्यका लागी कानुनी तबरबाट काम भइरहेको बताउँनु हुँदै कुनैपनि आमाहरुले कुनै पनि घटना घटेमा यसो हुन्छ की समाजमा के हुन्छ की भनेर सोच्न भन्दा पनि सरकारी निकायमा तत्काल खबर गरिदिनु भयो भने यस्ता हिंसाको अन्त हुने बताउँनु भयो । मानब अधिकारकर्मी नातीबाबु धितालले महिला मात्र होइन पुरुषहरु पनि हिसांमा पर्ने गरेकाले लैंगिक हिसां अन्त्यका लागि सबै लागि पर्नुपर्ने बताउँनु भयो । चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजना तथा कमलको फुल महिला बहुउद्देश्यीय सहकारी सस्थाको समन्वय र ब्यबस्थापनमा भएको कार्यक्रममा सन्देशमुलक गितहरु गाइएको थियो भने कार्यक्रमको सञ्चालन कमलको फुल महिला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सिता पौडेलले गर्नु भएको थियो । कार्यक्रम सुरु हुनु अघि महिला लैंगिक हिसां अन्त्य गरौ जस्ता नाराहरु लगाउँदै बजार परिक्रमा गरेको थियो ।