नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको अध्यक्षमा ध्रुव दंगाल निर्वाचित हुनुभएको छ ।
अध्यक्षका निकटतम प्रतिद्वन्द्वी दिनेश थापालाई पाँच मतको अन्तरले पराजित गर्दै दंगाल अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
यस्तै उपाध्यक्षहरुमा कमला पाख्रिन र दीपक अर्याल निर्वाचित हुनुभएको छ भने सचिवमा टिका सुवेदी, सह–सचिव ( खुला) देवराज सुवेदी, सह–सचिव सञ्जय तामाङ र कोषाध्यक्षमा दिपक खत्री निर्वाचित हुनुभएको छ ।
यसैगरि सदस्यहरुमा किरण थापा, प्रितम कुमार तामाङ, विपना तामाङ, निर्मल बस्नेत, सागर खड्का, प्रमिला विक, दिपिन ढुङ्गाना र अर्जुन शर्मा निर्वाचित हुनुभएका छन् भने दलित सदस्यमा चण्डिका नेपाली निर्वाचित हुनुभएको छ । सिन्धुपाल्चोकबाट महासंघको केन्द्रीय पार्षद सदस्यमा ज्ञानेन्द्र तिमल्सिना, रामकृष्ण थापा र चित्र कुमार मिजार निर्वाचित हुनुभएका छन् ।
प्रदेश परिषद सदस्यमा हरिनाथ न्यौपाने, अशोक पराजुली, रुपक पुरी, रुपक कोइराला, कला अनुरागी, रमेश पराजुली र हरिप्रसाद दुलाल निर्विरोध भएका छन् भने अन्य समावेशी सदस्यमा एकल उम्मेद्वारी परेपछि राजेन्द्र राणा मगर, महिला सदस्य गोमा खत्री, जनजाती तर्फबाट फूलमान तामाङ मोक्तान निर्विरोध भएका हुन् ।
