सम्पर्क

एनआरएनए एनसिसी कतारले मनायो २२औं स्थापना दिवस

दर्शन सुनार, कतार/लोकप्रिय दैनिक
गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनसिसी) कतारले आफ्नो २२ औं स्थापना दिवस मनाएको छ । एनसिसी कतारका अध्यक्ष रमेश भट्टको सभापतित्व तथा नेपाली राजदूतावास कतारका नवनियुक्त महामहिम राजदूत रमेशचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा बिहिवार साझँ फुलवारी रेष्टुरेन्टको सभाहलमा स्थापना दिवस तथा शुभकामना आदान,प्रदान कार्यक्रम भब्य रुपमा मनाएको हो ।
बिधिगत रुपमा ब्यानर अनावरण,दिप प्रज्वलन सहित स्थापना दिवसको अवसर पारेर केक काटेर अघि बढेको शुभकामना आदान,प्रदान कार्यक्रममा एनसिसी कतारका प्रथम उपाध्यक्ष कृष्ण पन्थीले स्वागत मन्तव्य राख्नुभएको थियो । एनआरएनए स्थापना दिवसको अवसरमा विभिन्न सामाजिक ब्यक्तित्व,बुद्धिजीवी एनआरएनए अभियान्ता लगायत विभिन्न बैचारिक सगंठन,तथा कतारमा स्थापित विभिन्न संघ,संस्थाका प्रमुखहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो । शुभकामना वक्ताहरुले एनसिसीले कतारले स्थापना काल देखि बर्तमान सम्म मातृंभुमीमा दैबिक प्रकोप, बाढीपीडित लगायत हरेक दुखमा एनसिसी मलम बन्दै आईरहेको बताउदै कतारमा रहेका नेपाली श्रमिकहरुको हत र हितका लागी आगामी दिनमा थप राम्रा काम गर्न सल्लाह सुझाव समेत दिनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथी पौडेलले मन्तव्य बोल्दै आफू कतारमा भर्खरै नयाँ प्रवेश गरेको २२ औ दिनमा सयोंगवंश एनसिसीको स्थापना २२औं स्थापना दिवसको कार्यक्रममा सरिक हुने अवसर मिलेकोमा एनसिसी कतारलाई धन्यवाद व्यक्त गर्नुभयो ।
श्रमिकहरुको थलो रहेको कतार र कतारमा रहेका सम्पुर्ण नेपालीहरुको समस्यामा छिटै नै कतारमा स्थापित सम्पुर्ण संघ, संस्थाहरुसँगसमन्वय गरेर नेपाली श्रमिकका समस्या जनगुनासो,र मुख्य गरि पासपोर्ट नविकरणलाई ब्यबस्थापन गर्न आफुले पहल गर्ने बताउनुभयो । पौडेलले कतार तथा नेपाल दुई देशबिचका आर्थिक सामाजिक साँस्कृतिक सम्बन्धलाई समधुर बनाउन आफूले पहल गर्ने बताउदै नेपाल राष्ट्रको प्रतिनिधि गर्नको लागि राष्ट्रले खटाएको कामलाई निर्भरता पुर्वक आफ्नो जिम्मेवारी पुरा गर्ने वाचा गर्नुभयो । एनसिसी कतारका सचिब सन्तोष क्षेत्रीले सहजीकरण गरेको कार्यक्रमलाई समापन गर्दै सभापति भट्टले दोहामा स्थापित सम्पुर्ण संघ ,संस्था परिषद सदस्य,दोहामा रहेका नेपालीहरुलाई संघको फेसबुक पेजबाट सुचना प्रवाह तथा ईमेल मार्फत निमन्त्रणा गर्दै आईरहेको बताउनुभयो । भट्टले एनसिसी कतारले बिगत लामो समयदेखि नै श्रमिकका हक र हितका लागी काम गर्दै आईरहेको र आगामी दिनमा पनि श्रमिकमुखी अभियानमा तप्पर रहेर काम गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । उहाँले दोहामा अहिले पनि श्रमिकका पासपोर्ट नविकरणका समस्या ठूलो रुपमा देखीएको छ जुन पासपोर्ट नविकरण समयमा हुन नसक्दा धेरै श्रमिकका आईडी, गेटपास लगायत जागिर नै धरासय हुन सक्ने सम्भावना बढी देखिएकोले तत्काल नेपाली राजदूतावास कतार र कतारमा स्थापित सम्पुर्ण संघ, संस्थासँग अन्तरकृया कार्यक्रम सहित दीर्घकालीन समस्याको समाधान कसरी गर्न सकिन्छ भन्ने बिषयमा छलफलमा जुटन सबैलाई आग्रह गर्दै कार्यक्रमको समापन गर्नुभयो । कार्यक्रममा कतारमा स्थापित बिभिन्न बैचारिक सगंठन,प्रदेश परिषद,सामाजिक अभियान्ता, बुद्धिजीवी, विभिन्न सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधि सगैं पत्रकारहरुको उपस्तिथि रहेको थियो ।