समाज विकास माविले मनायो ३६औं वार्षिकोत्सव
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ३ बतासे खाले स्थित रहेको श्री समाज विकास माध्यमिक विद्यालयको ३६औं बार्षिकोत्सव अभिभावक भेला तथा भूतपूर्व विद्यार्थी समारोह कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि तथा चौतारा साँगाचोकगढी नगरपालिकाका उपमेयर सीता थापाले समाज बिकास माध्यमिक विद्यालयको गुणस्तरीय शिक्षाका निम्ति नगरपालिका सँधै सकारात्मक रहने प्रतिबद्धता व्यक्त गर्दै शुभकामना व्यक्त गर्नुभयो । उहाँले गुणस्तरीय शिक्षाका लागि शिक्षक अभिभावक प्रशासन र विद्यार्थीको समन्वयले मात्रै प्रभावकारी शिक्षा प्रदान गर्न सकिने उहाँको भनाई थियो । तामाङ समुदायबिचमा रहेको उक्त विद्यालयले उदाहरणीय कार्य गर्न आग्रह गर्दै अहिले देश नै विद्यार्थी विहिन स्थितिमा पुग्न लागेको बताउदै चिन्ता व्यक्त गर्नुभयो । उहाँले नगरभित्रको सम्पूर्ण विद्यालयमा शैक्षिक गुणस्तर विकासका निम्ति नगरपा...
