सिम्पालकाभ्रे युवा क्लबको आयोजनामा ईन्द्रावती गाउँपालिका वडा नं १ सिम्पालकाभ्रे स्थित सिम्पाल देविथान परिसरमा बृहत् साँस्कृतिक मेला(जात्रा) २०८१ गरिएको छ ।
ईन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।
कार्यक्रमको सभाध्यक्षता क्लबका अध्यक्ष मेम बहादुर तामाङले गर्नुभएको थियो । हरेक बर्ष जसो सातकन्या मन्दिरमा बत्ती बाल्ने गरिएको छ । यश बर्ष यसको संयोजन क्लबले गरेको हो । यस ठाउँको संस्कृति संरक्षण गर्न यो कार्यक्रम गरिएको क्लबका सचिव सिरे लामाले जानकारी दिनुभयो । सिम्पालमा सामुदायिक भवन अभाव रहेको र भवन बनाउन सहयोग अभियान सञ्चालन गर्ने उहाँको भनाई छ । कार्यक्रममा स्वागत मन्तब्य राख्दै पुर्व वडा सदस्य अस्टमाया तामाङले सिम्पाल भौगोलिक हिसावले पिछडिएको क्षेत्र भएको भन्दै यस ठाउँमा सडक राम्रो बनाउनु आवस्यक रहेको बताउनुभयो । दक्ष स्वास्थ्य कर्मीको अभाव छ, सामुदायिक भवन र मन्दिन बनाउन आवस्यक रहेको भन्दै गाउँपालिकालाई ध्यानाकर्षण गराउनुभयो । कार्यक्रममा शुभकामना मन्तब्य राख्दै पुर्व वडा अध्यक्ष श्री लामाले सिम्पाल बाभ्रे बनाउन सबै पार्टीको एउटै एजेण्डा हुने धारणा राख्नुभयो ।
’ईन्द्रावती बृहत् खानेपानी बनाउने एजेण्डा निवर्तमान अध्यक्ष बंशलाल तामाङको हो’, उहाँले भन्नुभयो ’ । खानेपानीको काम गर्दा बिवाद सिर्जना भएको भन्दै त्यो बिवाद यसै वडाका अध्यक्षले मिलाउनुपर्ने उहाँले बताउनुभयो । आफ्नो कार्यकालमा सिम्पालकाभ्रेमा एक घर एक धारा, यहाँको रोड बनाउने प्रस्ताव, वडामा माने बनाउने प्रस्ताव राखेको उहाँले स्मरण गर्नुभयो । ’अहिले बिकास भएको छ कि मेरो कार्यकालमा बिकास भएको थियो जनताले छर्लङ्ग हुनेगरी बुझेका छन्’, लामाले भन्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले समाजमा रहेका बिक्रितिहरूको अन्त्य गर्न यस क्लबको स्थापना गरिएको हो जानकारी दिनुभयो । यश वडामा पुर्वाधार बिकास, सामाजिक बिकास, कला र संस्कृतिको बिकास गर्न गाउँपालिकाले महत्वपुर्ण भुमिका निर्वाह गरेको उहाँले बताउनुभयो ।
