सम्पर्क

सेरच्यु बरलो साना किसान कृषि सहकारी संस्थाको ११औं बार्षिक साधारणसभा सम्पन्न

सेरच्यु बरलो साना किसान कृषि सहकारी संस्था भोताङको ११ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले सहकारीलाई अगाडि बढाउनका लागी सबै शेयर सदस्य सक्रिय हुनुपर्ने बताउनुभयो । उहाँले सहकारीलाई अझै अगाडि बढाउनका लागी पालिकाबाट आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका अध्यक्ष लामाले उत्पादन वृद्धि गर्न जोड दिनुभयो । अध्यक्ष लामाले उत्पादित बस्तुको बजारीकरण करण देखी आवश्यक तालिमको समेत ब्यबस्थापन गर्ने प्रतिबद्धता जनाउनुभयो । वडा समाजवादी कार्यक्रम अन्तर्गत उज्यालो भोताङ,सफा भोताङ कार्यक्रमलाई अगाडि बढाउने बताउनुभयो । एक घर,एकधारा कार्यक्रम,अर्गानिक वडा घोषणा गर्ने अभियानलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने बताउनुभयो । अध्यक्ष लामाले पाँचपोखरीलाई पर्यटनको हब बनाउने अभियानमा गाउँपालिका लागिपरेको बताउनुभयो । अदालतमा मुद्दाका कारण मेलम्ची भोताङ सडकको अवस्था दयनीय रहेको उल्लेख गर्दै छिट्टै फैसला आउने बिश्वास गर्नुभयो । उहाँले अदालतको फैसला आउने बित्तिकै सडक बनाउने बित्तिकै कालोपत्रे बनाउने गरि आफु रातदिन लागेको बताउनुभयो । अध्यक्ष लामाले अर्को बर्ष भोताङको वडा कार्यालय बनाउने उद्घोष गर्नुभयो ।
वडा नम्बर ३ का अध्यक्ष एवम् कार्यक्रमका विशेष अतिथि ङिमाछिरिङ तामाङले सहकारीले स्थापनाको ११ बर्षमा निकै प्रगति गरेको दावी गर्नुभयो । उहाँले निरन्तर बचत गर्दै ऋण लिएर ब्यबशायीक योजना बनाएर लगानी गर्न आग्रह गर्नुभयो । अध्यक्ष तामाङले भोताङको बढी जस्तो नेतृत्व महिलाहरुले गर्ने गरेकोमा खुशी व्यक्त गर्दै भोताङलाई नमुना वडा बढाउन १ करोड आएको जानकारी दिनुभयो । उहाँले यस बर्ष वडा नम्बर ३ लाई अर्गानिक वडा घोषणा गर्ने योजना रहेकाले यसै सहकारी मार्फत त्यो कार्यक्रम संचालन गर्ने बताउनुभयो । अध्यक्ष तामाङले बिद्यालय दिवा खाजामा स्थानीय खानेकुरा खुवाउने,अर्गानिक खानेकुरा खुवाउने उदेश्यले सहकारी मार्फत विद्यालय दिवाखाजा कार्यक्रम संचालन गर्ने उदेश्य रहेको बताउनुभयो । उहाँले हाम्रो वडा,हाम्रो ब्राण्ड लाई प्रभावकारी रुपमा संचालन गरि भोताङको ब्राण्ड बेच्नेगरि काम गर्ने उल्लेख गर्नुभयो । उहाँले फोहोरलाई मोहोरमा परिणत गर्ने गरि बिद्यालय,विद्यार्थी,समुदाय र सहकारी संग मिलेर काम गर्ने बताउनुभयो ।
गाउँपालिका अध्यक्षका प्रमुख सल्लाहकार शिशिर वाइबाले बिधि,पद्धति र निति नियममा रहेर सहकारी संचालन गर्नुपर्नेमा जोड दिनुभयो । नियमित बचत गर्न र बचत गरेको रकमलाई ब्यबशायमा लगानी गर्न सुझाव दिनुभयो ।
पाँचपोखरी थाङपाल गाउँपालिका सहकारी शाखाका प्रमुख ध्रुव लामिछानेले सहकारी सहि बाटोमा रहेको बताउनुभयो । उहाँले अघिल्लो बर्षको तुलनामा सहकारीले फड्को मारेको उल्लेख गर्दै आगामी दिनमा पनि सहकारीलाई अगाडी बढाउने कार्यमा पालिकाबाट आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो । ऋण भाका नाघेका हरुको विवरण समेत प्रतिवेदनमा ल्याउनका लागी सुझाव दिनुभयो । लामिछानेले पालिकामा रहेको ४३ वटा सहकारी र वडा नम्बर ३ मा रहेको ४ वटामा सेरच्यु बरलो साना किसान कृषि सहकारी मात्रै सक्रिय रहेको उल्लेख गर्नुभयो । सहकारीको कारोबार लगायतका गतिविधिका बारेमा चासो राख्न शेयरधनी हरु लाई आग्रह गर्नुभयो । शाखा प्रमुख लामिछानेले ऋणको उदेश्य र योजना बनाएर मात्र ऋण लिन आग्रह गर्नुभयो । सहकारीको ऋण लगेर नतिर्ने हरु लाई सार्वजनिक पदमा बस्न र पालिकाले प्रदान गर्ने सेवा समेत रोक्का गर्ने पालिकाको निति रहेकाले बेलैमा ऋण तिर्न समेत सुझाउनुभयो ।
मानेखर्क महिला कृषि सहकारी संस्थाका अध्यक्ष अंकमाया तामाङले विभिन्न संघ संस्थाले गरेको सहयोग र पालिकाको अभिभावकिय भुमिकाका कारण सहकारी सन्चालन गर्न सहज भएको बताउनुभयो । उहाँले कृषि ब्यबशाय,शिक्षा,स्वास्थ्य लगायतका क्षेत्रमा अहिले गरेको बचतले सजिलो भएको बताउनुभयो । सहकारीको बार्षिक प्रगति प्रतिवेदन प्रबन्धक हसिना वाइबाले प्रस्तुत गर्नुभएको थियो । ४२ लाख ३० हजार आम्दानी रहेको सहकारीको सहकारीको खुद नाफा १६ लाख ७० हजार ४२८ रुपैयाँ रहेको छ । ५४ लाख ३८ हजार २०० शेयर रकम रहेको सहकारीको २ करोड २७ लाख ५८ हजार ३७० रुपैयाँ बचत रहेको प्रबन्धक वाइबाले जानकारी दिनुभयो ।
संस्थाको असल अभ्यासहरुमा आफ्नै जग्गा र भवन,हाट बजार संचालन,अर्गानिक वडा घोषणा अभियान,अगुवा किसान सम्मान,काभ्रेमहोत्सव बाट सम्मानित,सदस्य बिमा बचत,अनुदानमा विभिन्न कृषि उपकरण तथा बिउबिजन वितरण गर्नु रहेको छ । त्यस्तै भावी योजनाहरुमा पक्की भवन निर्माण गर्ने,अर्गानिक वडा घोषणा गर्ने,हाम्रो वडा हाम्रो ब्राण्ड कार्यक्रम गर्ने,विद्यालय दिवाखाजा कार्यक्रम गर्ने,रेमिटान्स सेवा संचालन गर्ने,सहुलियत कर्जा कार्यक्रम संचालन गर्ने,कृषि मेला कार्यक्रम आयोजना गर्ने, विभिन्न साझेदारी कार्यक्रमहरु संचालन गर्ने रहेको छ । लेखा समिति प्रतिवेदन सुनिल लामाले प्रस्तुत गर्नुभएको थियो । संस्थाका अध्यक्ष रचना बोम्जनको अध्यक्षतामा भएको साधारणसभाको अवसरमा अगुवा किसान अस्मिता श्रेष्ठलाई सम्मान गरिएको थियो भने पुर्व अध्यक्ष,पुर्व सहायक प्रबन्धक लगायतलाई सम्मान गरिएको थियो । भोताङको अर्गानिक उत्पादन किवि र जुनारलाई मायाको चिनोको रुपमा अतिथिहरु लाई प्रदान गरिएको थियो ।