तामाङ समाज यूएईको अबुधाबी क्षेत्रीय समितिको दोस्रो अधिवेशनबाट लवाङ दोर्जे दोङ अध्यक्षमा सर्वसम्मत चयन हुनुभएकोे छ । शनिबार सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा असरमान स्याङ्बो, उपाध्यक्षमा गिता तामाङ, श्याम तामाङ र सुकुमाया तामाङ मुख्य सचिबमा जयराम वाईबा, सचिवमा लक्ष्मी ब्लोन र सन्दिप तामाङ , सह–सचिवमा फुरु तामाङ , कोषाध्यक्षमा बिपिन पाख्रीन , सह–कोषाध्यक्षमा दया स्याङ्तान , महिला विभागको प्रमुखमा बिना मोक्तान, जनसम्पर्क समितिको सचिबमा सन्जय लोप्चान, कला सस्कृतिको सचिबमा दिलिप तामाङ, सह–कला सस्कृती सचिबमा आसा तामाङ र सदस्यहरुमा सृजना मोक्तान, बिन्दु तामाङ, प्रसान्त घिसिङ, माया वाइबा, ज्ञानेन्द्र तामाङ, लाक्पा डोल्मा लोप्चान, मन्जु तामाङ , सरिता तामाङ, अनिस सिङ्तान तामाङ, सन्दिप लोप्चान तामाङ, सबिना दोङ, चमेली मोक्तान इन्द्रजित मोक्तान, कबिता मोक्तान, मिनु मोक्तान, मिङ्मा डोल्मो स्याङ्तान, अन्जिला ब्लोन तामाङ र बिमला वाइबा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
त्यसैगरी संरक्षक प्रमुख सल्लाहकारमा कुमार सिं तामाङ प्रमुख सल्लाहकारमा सुमन स्याङ्बो तामाङ र सल्लाहकारहरुमा–फुर्बा तामाङ, धनमाया तामाङ र सीता तामाङ निर्वाचित भएको तामाङ समाज अबुधाबीका सचिब सन्दिप तामाङले बताउनुभयो ।
