सम्पर्क

नेपाल भुतपुर्व सैनिक संघको क्षेत्रिय अध्यक्षमा बोध बिक्रम पण्डित

मेलम्ची
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल भुतपुर्व सैनिक संघ सिन्धुपाल्चोक क्षेत्र नं २ को क्षेत्रिय अध्यक्षमा बोध बिक्रम पण्डित निर्वाचित हुनुभएको छ । सिन्धुपाल्चोकको मेलम्चीमा भएको नेपाल भुतपुर्व सैनिक संघ क्षेत्र नं २ को प्रथम क्षेत्रिय अधिवेशन बाट उहाँ अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
शनिवार भएको अधिवेशन बाट सचिवमा कृष्ण प्रसाद दुलाल, कोषाध्यक्षमा राम कुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यहरूमा, सुदर्शन दनुवार, ईर लामा तामाङ, भक्त बहादुर श्रेष्ठ, शैलेन्द्र गीरि, सानुकान्छा तामाङ, ईन्द्र बहादुर तामाङ, शोम बहादुर तामाङ, चन्द बहादुर थापा, राजकुमार थापा, निल बहादुर खड्का र सन्च तामाङ निर्वाचित हुनुभयो । कार्यसमितिको उपाध्यक्षमा श्याम बहादुर तामाङ र राम बहादुर ठकुरी पनि आजै निर्वाचित हुनुभएको छ । उहाँहरूको आजै पदस्थापना गरिएको अध्यक्ष बोध बिक्रम पण्डितले जानकारी दिनुभयो । सहसचिव १ जना र ७ सदस्य पछि मनोनयन गरिने उहाँले बताउनुभयो ।
नेपाली सेनाको जागीर समापन पश्चात् समाजसेवा गर्छु भन्नेहरू यश संघमा रहेका छन । निर्वाचन पश्चात् अध्यक्ष पण्डितले चुनौती धेरै रहेको बताउनुभएको छ । सबैलाई साथ सहयोग दिन आग्रह गर्दै उहाँले निर्वाचित गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । क्षेत्रले राखेको हरेक कार्यक्रममा उपस्थित भएर सक्रियता बढाउन कार्यसमितिका सबै सदस्यलाई उहाँले आग्रह गर्नुभयो । ’हाम्रो विना गुटको संस्था हो । बिचारको पछि लाग्नुस, संस्थाको पछि लाग्नुस’, उहाँले भन्नुभयो ।
अधिवेशनमा प्रमुख अतिथि नेपाली कांग्रेस पुर्व केन्द्रीय सदस्य एवम् पुर्व गृह राज्यमन्त्री बिष्णु बिक्रम थापाले प्रजातन्त्रको लागि खम्बा बनेर उभिने सैनिक संघ भएको बताउनुभयो । विशेष अतिथि प्रदेश सांसद कृष्ण कुमार तामाङले कांग्रेसमा गुट उपगुट नरहेको बताउनुभएको छ । ’यो संगठनमा गुट छ जस्तो मलाई लाग्दैन, हामी एक ढिक्का छौँ’, उहाँले भन्नुभयो ।
कार्यक्रमका विशेष अतिथि क्षेत्रिय सभापती आइतमान तामाङले कांग्रेसमा क्रियासिल नहुने ब्यक्तिहरूको क्रियासिल सदस्य नविकरण नगर्ने र पार्टीलाई योगदान पुराएका व्यक्तिलाई मात्र सदस्यता दिने बताउनुभयो । क्षेत्र नं २ को ४९ वडा बाट भुपु सैनिकलाई प्रत्येक वडाको ५,५ जनालाई सेनाको तालिम दिने बताउँदै उहाँले त्यसको लागि क्षेत्रले सहयोग गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो । त्यस्तै अधिवेशनमा सैनिक संघका आमन्त्रित केन्द्रीय सदस्य भुपेन्द्र थापाले भुतपुर्व सैनिकहरूलाई पार्टीको विभिन्न पदमा समावेश गर्दै लैजानुपर्ने धारणा राख्नुभयो । उहाँले वडा देखि पालिका सम्म नेतृत्व गरेर भुतपुर्व सैनिकहरूले देशको लागी योगदान दिएको बताउनुभयो । अधिवेशनमा नेपाली कांग्रेसका महासमिति सदस्य शिव सुनार, राजेन्द्र बहादुर गोर्खाली, महाधिवेशन प्रतिनिधि बिल बहादुर तामाङ, उद्दव बानियाँ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।