आँखा उपचार शाखा र मानसिक स्वास्थ्य तथा नसर्ने रोग (NCD) परामर्श कक्षा चौतारामा स्थापना भएको छ । आज बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले जनस्वास्थ्य कार्यालय चौतारामा स्थापना भएको परामर्श कक्षाको उद्घाटन गर्नुभएको हो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांँग्रेस सिन्धुपाल्चोकका पूर्व जिल्ला सचिव एवम् महाधिवेशन प्रतिनिधि बिल बहादुर तामाङले तामाङले भवन कक्षाको मात्रै स्थापना गरेर केही उपलब्धि नहुने बताउनुभयो । सुविधा सम्पन्न भवन मात्रै भएर केहि हुदैन त्यहाँ दिने सेवा सुविधा पनि गुणस्तर हुनेपर्नेमा उहाँको जोड थियो ।
अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्नलाई आफुले सकेको सहयोग पनि गर्ने उहाँले बताउनुभयो । तामाङले विरामीहरुलाई धुलिखेल काठमाण्डांैका अस्पतालमा धाउनु पर्ने बाध्यतालाई अन्त्य गर्न अस्पतालले गुणस्तरीय सेवा जोड दिनुपर्ने समेत बताउनुभयो ।
चौतारामै आँखा उपचार शाखा र मानसिक स्वास्थ्य तथा नसर्ने रोग (NCD) परामर्श कक्षा स्थापना चौतारामा स्थापना भएको छ यो अत्यन्तै गौरवको कुरा हो मलाई खुशी लाग्यो तामाङले भन्नुभयो ।
