नेकपा माओवादी केन्द्र इन्द्रावती गाउँपालिका कोषाध्यक्ष आशिष लामाले सिङपालमा शनिबार सम्पन्न भएको वादीस्योङ जात्रा पुर्खाको इतिहास रहेको बताउनुभयो । सिङपाल युवा क्लबले आयोजना गरेको बृहत् मेला तथा सास्कृतिक कार्यक्रम लाई सम्बोधन गर्दै वादीस्योङको (सातकन्य देवी मन्दिर )जात्रा पुर्खाको इतिहास भएको बताउदै देवीदेवललाई जोगाउनु पर्ने भन्दै लामाले यो नै हाम्रो पहिचान र सस्कृती भएको बताउनुभयो । संस्कार सस्कृति मेला अनि पर्वले आफ्नो समाजको झल्को पनि दिने लामाले बताउनुभयो ।
इन्द्रावती –१ सातकन्य मन्दिर परिसर मा हरेक वर्ष मङ्सिर पुर्णेका दिन मेला लाग्ने गर्छ यसपाला भने सिङपाल युवा क्लबको आयोजनामा राष्ट्रिय स्तरका कलाकारले बेजोड साङगितिक एवम् साँस्कृतिक कार्यक्रम मार्फत स्थानियलाई मनोरञ्जन दिलाएका थिए ।
