दर्शन सुनार/कतार, लोकप्रिय दैनिक
“निस्वार्थ सेवामा, हाम्रो पर्वत राम्रो पर्वत“ भने मुल नाराका साथ कतारमा सनः २००३ मा स्थापना भएको सामाजिक संस्था पर्वत समाज कतारले आगामी शुक्रबार “सातौ अधिवेशन गर्ने भएको छ । समाजले आफ्नो “२२ औ स्थापना दिवसको अवसर पारेर विबिध साँस्कृतिक कार्यक्रमको साथमा अधिवेशन गर्ने भएको हो । कतारलाई कर्म थलो बनाईरहेका पर्वतबासीहरुलाई कार्यक्रममा उपस्थित भएर समाजमा आवद्ध हुन सबैलाई समाजका अध्यक्ष रघुनाथ शर्माले आग्रह समेत गरेका छन ।कतारमा स्थापित विभिन्न बैचारिक संगठन, प्रदेश समन्वय ,जिल्ला संस्था, तथा विभिन्न मातृंसंस्थाहरु,कलाकार,पत्रकार, बुद्धिजिवी, ब्यवसायी समाजसेवीहरुलाई कार्यक्रममा उपस्थित भएर अधिवेशनलाई भब्यताका साथ सफल बनाईदिन समाजले अनुरोध समेत गरेको छ । शुक्रबार सनैयामा अवस्थित फुलबारी रेष्टुरेन्टको सभाहलमा मध्यान्ह १२ बजे देखि कार्यक्रम सुचारु हुने कार्यतालिका रहेको कार्यक्रममा नौमती पञ्चेबाजाको साथमा स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने समाजले जनाएको छ । पर्वत समाज कतारले स्थापना काल देखि गृह जिल्ला पर्वत तथा कतारमा विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको छ ।
