सम्पर्क

पूर्व मन्त्री बस्नेतद्धारा वडा कार्यालय र स्वास्थ्य चौकी भवन उद्घाटन

सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका वडा नं. ३ स्थित मिलनचोक थापागाउँमा नवनिर्मित वडाकार्यालय भवन र स्वास्थ्य चौकी भवन समुद्घाटन भएको छ । पुर्ब स्वास्थ्य मन्त्री माननीय मोहन बहादुर बस्नेतले एक समारोहका बिच मंगलबार उद्घाटन गर्नु भएको हो । बाह्रबिसे नगरपालिका वडा नं ३ मा निर्मीत नयाँ भवन उद्घाटनसँगै ४०२ जनाले स्वास्थ्य सेवा लिएका छन् । माननीय मोहन बहादुर बस्नेतको प्रमुख अतिथ्यतामा बागमती प्रदेसका पुर्ब मन्त्री माननीय मसिना खड्का भण्डारीको बिशेष अतिथी र बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेत उपप्रमु     ख मन्जु तामाङ लगाएतको अतिथ्यतामा र वडा अध्यक्ष जिबन कुमार भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा निशुल्क स्वास्थ्य शिबीर समेत सञ्चालन गरिएको थियो । दुबै भवनको समुद्धघाटन गर्नु हुँदै माननीय मोहन बहादुर बस्नेतले जनताका माझमा आएर बिकासका काम गर्न पर्छ भन्नुहुँदै नेपाली काँग्रेसले नागरिकलाई परेको समस्यासँग जुध्ने काम गरेकोले काँग्रेसलाई बिश्वास गरेको बताउँनु भयो । उहाँले काँग्रेसबाट निर्बाचित जन प्रतिनिधीहरुले गरेको बिकास देखेर जनता काँग्रेसको पछी लागेको बताउँदै जनताको मन जित्न हरेक दुखमा साथ दिन पर्छ कोठामा बसेर सामाजिक सञ्जालमा बिरोध गरेर होइन भन्नु भयो ।

उहाँले कम्युनिष्टका नेताहरुले ब्यक्तिगत स्वार्थका लागि मात्र काम गरेको तर आफुले सामाजिक स्वार्थका लागि काम गरेका स्पष्ट पार्दै त्यसै अनुरुप बाह्रबिसे अस्पताललाई १० करोड रुपैयाँ लिन सफल भएको बताउँनु भयो । कार्यक्रममा बिशेष अतिथी बागमती प्रदेसका पुर्ब मन्त्री तथा माननीय मसिना खड्काले हरेक बिकासका कार्यक्रममा अभिभावकीय भुमिकामा रहनु भएका मोहन बहादुर बस्नेतका कारण जिल्लाको बिकासले फड्को मारेको बताउँनु भयो । यसैगरी कार्यक्रममा नगर प्रमुख बालकृष्ण बस्नेतले नगरका कोही पनि नागरिकलाई कोहि पनि समस्या नपरोस् भन्दै आफुलाई बस्न खान बाह्रबिसेमा नै पुग्ने र राजधानीमा घर जग्गा जोड्न आबश्यक नभएको स्पस्ट पार्दै नागरिकको दुखमा साथ दिनु नै आफ्रनो सम्पती भएको बताउँनु भयो । कार्यक्रममा नेपाली काँग्रेसका पुर्बं सभापती तथा भवन निमाएणका लागी जग्गा उपलब्ध गराउँन सहयोग गर्नु हुने भुपेन्द्र बहादुर थापाले स्वास्थ्य चौकी भवन बन्यो वडा कार्यलय भवन बन्यो यसमा सबैलाई खुशी लागेको बताउँदै भवन अनुसारको सेवा उपलब्ध गराउँन सबै लागी पर्नु पर्ने बताउँनु भयो यसै गरी पुर्ब वडा अध्यक्ष टेक बहादुर भण्डारीले स्वागत मन्तब्य राख्दै वडा कार्यलय भवन रस्वास्थ्य भवन निर्माण गर्नका लागि जग्गाको ब्यवस्था गरेर भवन निर्माणमा माननीय मोहन बहादुर बस्नेतले गरेको सहयोगका कारण अहीले सुबिधा भएको बाउँनु भयो । वडा अध्यक्ष जिबन कुमार भण्डारीले सभापतीको आशनबाट बोल्दै वडा कार्यलय भवन निर्माण गर्नका लागी जग्गा दान गर्नु हुने भगवती थापा,स्वास्थ्य भवन निर्माणको लागी जग्गा दान गर्नु हुने धु्रब थापा , कुमार थापा, ओम बहादुर थापा, गुमान सिंह थापा, तपेन्द्र बहादुर थापा, डम्बर बहादुर थापा,ले जग्गा दिएपछी सिन्धुबिासका अभिभावक नेपली काँग्रसेका प्रभापशाली नेता मोहनबहादुर बस्नेतले बजेटको व्यवस्थ गरिदिएर तिन करोड रुपैयामा स्वास्थ्य चौकी धवन बनेको र चालीस लाख रुपैयामा वडा कार्यलय भवन बनेको जानकारी दिनु भयो । सो अबशरमा उँहाले जग्गा दाता वडाका युवाहरु कर्मचारी स्वास्थ्य कर्मीहरु सबैलाइ बिशेष धन्उबाद दिनु भयो र समाजसेवी सिताराम थापाले सञ्चालन गर्नु भएको कार्यक्रममा १०३ बर्षका जेष्ठ नागरिक सोनाम दोर्जे सहीत ८२ जना जेष्ठ नाष्रिकलाइ सम्मान गरिएको थियो भने बिर अस्पतालका ३१जना र गंगाला अस्पतालका १२ जना गरी ४३ जना चिकीत्सक स्वास्थ्य कर्मीले स्वास्थ्य परिक्षण गरेर सेवा प्रदान गर्नु भएको थियो । स्वास्थ्य चौकी उद्धघाटन तथा वडाकार्यलय भवन उद्धघाटनको अबशरमा भएको शिबीरमा मुटुरोगी २०५ जना, दाँत नाक कान घाटी गरी ३२ जना जनरल सेवा ७० जना स्त्रि तथा प्रशुती २५ हाडजोर्नी ७० भिडीयो एक्सरे ५१ जनाले सेवा पाएको, वडाअध्यक्ष जिबन कुमार भण्डारीले जानकारी दिनुभयो । कार्यक्रम अनुशासित, भब्य र सब्य रुपले सम्पन्न भएको थियो भने लोकप्रिय नेत्रज्यातीबाट कार्यक्रमको प्रत्यक्ष प्रशारण गरिएको थियो ।