सुनकोशी गाँउपालिका वडा नं. ५ बर्थान स्थित रहेको बर्दानेश्वर महादेव मन्दिर संरक्षण संस्थाले सुनकोशी गाउँपालिका भित्रका आर्थिक अबस्था न्यून भएका बिरामिहरूलाई अस्पतालसम्म पुर्ययाउने र ल्याउने गरिरहेको छ ।
पूर्व स्वास्थ्य मन्त्री माननिय मोहन बहादुर बस्नेतको ‘पहिला जनता बचाउ अनि राजनिति गरौंला’ भन्ने मुल नारालाई आत्मसात गर्दै बस्नेतकै निर्देशनमा सुनकोशी गाउपालिका वडा नं. ५ बर्थान स्थित रहेको बर्दानेश्वर महादेव मन्दिर संरक्षण संस्थाद्वारा संचालित एम्बुलेन्सबाट बिरामिलाई निःशुल्क सेवा दिदै आएको संस्थाका अध्यक्ष कुमार बस्नेतले बताउनुभयो ।
सुनकोशीकै धार्मिक तथा पर्यटकिय आस्था बोकेको एतिहासिक बर्दानेश्वर महादेव मन्दिर २०७२ सालको भुकम्पमा भत्किएको थियो ।
२०७४ को चुनावपछि तत्कालीन सुनकोशी गाउँपालिकाका अध्यक्ष श्रवण कुमार जिसी (बिनोद) को पहलमा ५ लाख बजेट बिनियोजित भई पुण निर्माण गरि २०७७ पुस १८ गते पुर्ब स्वास्थ मन्त्री मोहन बहादुर बस्नेतले उद्घाटन गर्नुभएको थियो ।
मन्दिर संरक्षण संस्थाले २०८० चैतमा धार्मिक महोत्सव तथा श्रीमत् भागवत सप्ताह ज्ञन महा यज्ञ लगाई सहयोगी दाताहरू सँग ७ लाख ७१ हजार रूपैया समेत उठाएको थियो ।
धार्मिक महत्सव तथा सप्ताहमा भएको खर्च कटाए र बचेको पैसाले पुर्व मन्त्री बस्नेतकै सल्लाह अनुसार २०८१ भदौबाट एम्बुलेन्स संचालनमा ल्याएको हो । आर्थिक अबस्था कम भएका सुनकोशी २ का राजु बराललाई ठोकर्पाबाट काठमाडौं ,सुनकोशी १ का पदम पहरिका छोरा यादेस पहरिलाई ठोकर्पाबाट धुलिखेल अस्पताल, सुनकोशी ३ कालिकाका डिल बहदुर सार्कीलाई ठोकर्पा आधारभुत अस्पतालबाट धुलिखेल गरि सुनकोशीका सतैवडाबाट १० जना बिरामिलाई निःशुल्क अस्पताल लाने ल्याउने समेत गरि सकेको संस्थाका अध्यक्ष बस्नेतले बताउनुभयो ।
