सम्पर्क

सुरक्षित आप्रवासन कार्यक्रम (सामी) को दिप प्रज्वलन चौतारामा

अन्तराष्ट्रिय आप्रवासन दिवसको अवसरमा सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा दीप प्रज्ज्वलन गरिएको छ ।
सुरक्षीत आप्रवासन कार्यक्रमले (सामी) ले आप्रवासी श्रमिक दिवस २०२४ को अवसरमा बुधबार चौतारामा ‘सुरक्षित अप्रवासनको आधार सूचना र सीप सहितको रोजगार’ भन्ने मूल नाराका साथ आयोजित दिप प्रज्जवलन कार्यक्रम गरि मनाइएको हो ।
प्रमुख जिल्ला अ \  धिकारी किरण थापा, चौतारा साँगाचोकगढी नगरालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा, चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख सिता थापा, जिल्ला प्रहरी कार्यलयका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थितीमा जिल्ला प्रशासन कार्यलयको गेटमा दिप प्रज्वलन गरिएको थियो । नेपाल जस्ता विकासोन्मुख देशका लागि वैदेशिक रोजगारीका लागि पलायन ज्वलन्त समस्या हो । एकातिर देशका लागि रेमिट्यान्स भित्रिने क्रम जारी छ भने अर्कोतिर प्रवासी श्रमिक र तिनका परिवारले सामाजिक खर्च र कष्ट भोगिरहेका छन् । यस्तो अवस्थामा वैदेशिक रोजगारीका विषयलाई स्थानीय सञ्चारमाध्यमबाट उठाउनु नीति निर्माताहरूलाई दबाबको रूपमा र हाम्रा लक्षित समूहहरूलाई वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनका लागि सचेत गराउनु अत्यन्तै महत्वपूर्ण छ ।
सिन्धुपाल्चोक जिल्ला तथा चौतारा साँगाचोकगढी नगरपालिका भित्रका महिला तथा पुरुषहरुले सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी उचित सूचना र सीपको प्रयोग गर्नुपर्ने तथा सुरक्षित र असुरक्षित प्रक्रियाहरू बीचको भिन्नताको बारेमा जानकारी तथा पूर्व प्रस्थान कौशल प्रशिक्षणहरूको सुरक्षाले उच्च तलबमा योगदान पु¥याउँने काम गरेको छ । सुरक्षीत आप्रवासन कार्यक्रम नेपाल र स्वीट्जरल्याण्ड सरकारबीचको द्विपक्षीय पहल हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र छनोट भएका स्थानीय सरकारहरूले यसलाई कार्यान्वयन गर्दै आएका छन् । हेल्भेटास नेपालले प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।
जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका, बाह्रबिसे नगरपालिका, पाँचपोखरी थाङपालधाप गांउँपालिका र हेलम्बु गाउंँपालिको संयुक्त आयोजना तथा प्रविधिक सहयाग हेल्वेटास स्विस ईन्टरक ओपरेसन नेपाल र सेवा प्रदायक जनहित ग्रामिण सेवा समितिको अगुवाइमा सरोकारवालाका सहभागितामा सुरक्षित आप्रवासन सम्बन्धी सचेतना फैलाउने उद्देश्यले विभिन्न अन्तरकृया कार्याक्रम आयोजना गरिएको सामीका जिल्ला संयोजक अरुण पौडेलले जानकारी दिनुभयो ।