नेत्र बहादुर बस्नेत
नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुर्बमन्त्री माननीय मोहन बहादुर बस्नेतले बुधबार एक समारोहका बिच बाटो शिल्यान्यास तथा स्वास्थ्य भवनको उद्घाटन गर्नुभएको छ ।बुधबार बिहान सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका वडा नं. ३ मा पर्ने खाग्दल दोभान घर्तीटोल हुदै क्षेमादेवीसम्मको सडक खण्डको कालोपत्रे शिलान्यास गर्नुभयो ।
यसैगरी दिउँसो वडा नं. ९ राम्चे स्वास्थ्य चौकिको नवनिर्मित भवनको उद्घाटन गर्नुभयो । पूर्वमन्त्री माननीय मोहन बहादुर बस्नेतको प्रमुख अतिथ्यतामा नगरपालिका नगर प्रमुख बालकृष्ण बस्नेतको बिशेष अतिथ्यतामा बाटोको शिल्यान्यास तथा भवन उद्घाटन भएको हो । बाटो शिल्यान्यास कार्यक्रममा उप प्रमुख मन्जु तामाङ, वडाअध्यक्ष जिवन कुमार भण्डारी लगाएतका वडाअध्यक्षहरु, उद्योग बाणिज्य संघ सिन्धुपाल्चोकको अध्यक्ष बुद्धराज बस्नेत समाजसेवी बिष्णु खत्री लगाएतका ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो । भवन उद्घाटन वडा अध्यक्ष कृष्ण रायको सभापतित्वमा भएको उद्घाटन कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री माननीय मोहन बहादुर बस्नेतले जनताका माझमा आएर बिकासका काम गर्नुपर्छ भन्नुहुँदै नेपाली काँग्रेसले नागरिकलाई परेको समस्यासँग जुध्ने काम गरेकोले काँग्रेसलाई बिश्वास गरेको बताउँनु भयो । उहाँले काँग्रेसबाट निर्वाचित जनप्रतिनिधीहरुले गरेको बिकास देखेर जनता काँग्रेसको पछी जनता लागेको बताउँदै जनताको मन जित्न हरेक दुखमा साथ दिनपर्छ कोठामा बसेर सामाजिक सञ्जालमा बिरोध गरेर होइन भन्नुभयो । काँग्रेसले गरेको जस्तो आबश्यक स्थानमा स्वास्थ्य भवनको व्यवस्था गरि स्वास्थ्य सेवा दिने खानेपानी, शिक्षाका लागि आबश्यक बजेटको व्यवस्थ्ना गरि निःशुल्क शिक्षाको व्यवस्था गर्ने र जनताको दुख सुखमा साथ दिने गरेर जनताको मनमा बस्ने मात्रै जनताको नेता हुने बताउँनु भयो र उहाँले चुनावको मुखमा मात्र जनताका साथमा गएर यसो गर्छु उसो गर्छु भन्ने अनि सत्तामा पुगेपछी कमाउने मात्रै काम गर्नेलाई जनताले चिनीसकेको बताउँदै अब चुनावका बेलामा पनि जनताले भ्रममा नपर्ने स्पष्ट भएको बताउँनु भयो । कार्यक्रममा बिशेष अतिथी नगर प्रमुख बालकृष्ण बस्नेतले नगरका कोहीपनि नागरिकलाई कोहि पनि समस्या नपरोस् भन्दै आफुलाई बस्न खान बाह्रबिसेमा नै पुग्ने र राजधानीमा घर जग्गा जोड्न आबश्यक नभएको दोहार्यादैे कम्युनिष्टका नेताहरुले ब्यक्तिगत स्वार्थका लागि मात्र काम गरेको बताउँनु भयो । उहाँले नागरिकको दुखमा साथ दिनु नै आफ्नो सम्पती भएको बताउँनु भयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्माले बाह्रबिसे नगरपालिकामा कोही पनि नागरिकहरु शिक्षा, स्वास्थ्य, लगाएत आवश्यक सेवाबाट बञ्चीत हुन नपरोस् भनेर नगरपालिका अगाडि बढिरहेकोले यसका लागी कर्मचारीहरुले पुर्ण साथ दिन पर्नै बताउँनु हुँदै भवन मात्र राम्रो होइन सेवापनि राम्रो दिन कर्मचारीहरु लागी पर्नुपर्ने बताउँनु भयो ।
पुर्ब वडा अध्यक्ष सानु तामाङ, बज्र फाउण्डेशनका भुपेन्द्र बिक्रम थापा, समाजसेवी बिष्णु प्रसाद पौड्याल लगायतले राम्चेमा बनाएको स्वास्थ्य भवनबाट स्थानीय स्तरमा नै सेवा पाउँदा स्थानीयहरुलाई ठुलो राहात पुगेको बताउँनु भयो । कार्यक्रममा जग्गादाता, भवन निर्माण समिती लगाएतलाई सम्मान गरिएको थियो । नगर उप प्रमुख मन्जू थापा समाजसेवी तथा नेपाली काँग्रेसका नेता नेत्रबहादुर थापा लगाएतका समाजसेवी तथा स्थानीय नागरिकहरुको उपस्थितीमा भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।
