दर्शन सुनार/लोकप्रिय समाचार दैनिक, दोह, कतार
“आपसी सहयोग,सामाजिक सदभांव र बन्धुत्वको लागि“ भन्ने मुल नाराका साथ सामाजिक कार्यमा सक्रिय रहेको सदंभाव युवा समुह कतारले गुल्मीका मृगौला पिडितलाई आर्थिक रकम सहयोग गरेको छ । सदंभाव समाजले गुल्मी जिल्ला ईस्मा गाउपालिका,हस्तिचौर गाविस वडां न ७ निवासी मृगौला पिडित सागर रायमाझीलाई ( १७,७००) नेरु सत्रहजार सात सय रुपैया आर्थिक रकम सहयोग गरेको हो ।
घरको आर्थिक अवस्था कमजोर भएकै कारण बाबा सिरा बहादुर रायमाझी र आमा बिष्णु रायमाझीका एक्लो सुपुत्र सागर वैदेशिक रोजगारीको शिलशिलामा डेढ बर्ष अघि उहाँ कुवेत पुग्नुभएको थियो । कुवेतको एक कम्पनीमा कार्यरत सागर डिउटीबाट फर्कने क्रममा उनी एक्कासी बिरामी परेपछि कुवेतको सरकारी हस्पिटलमा भर्ना हुन पुग्नुभयोे । हस्पिटलमा भर्ना भएको केही दिनमा उनको मृगौलामा समस्या देखा परेपछी दुबै मृगौला फेल भएको हस्पिटलले रिपोर्ट दिएपछी उनी छांगा बाट खसे जस्तो भए म लोकप्रियकर्मी सगंको सवांदमा पिडित बताउनुहुन्छ, कुवेतबाट उहाँ नेपाली दाजुभाईको सहयतामा नेपाल् फर्केर बिगत ८ महिनादेखि टिचिङ हस्पिटल काठमाडौमा डायलासिस गराईरहेका छन,चिकित्सकहरुको सल्लाह अनुसार मृगौला प्रत्यारोपण गर्न ठूलो रकम चाहिने र तत्कालै मृगौला प्रत्यारोपण गर्न पर्ने भएकोले रकम तत्कालै जुटाउन चिकित्सकहरुले सल्लाह दिएको पिडित बताउनुहुन्छ । नेपालको कानुन अनुसार घर परिवारका सदस्यहरुले मृगौला दिएमा राम्रो हुने भएकोले पिडित सागरलाई उहाँको आमाले मृगौला दिने भएका छन् । सदभाव युवा समाज कतार द्वारा बिरामीको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारार्थको लागी पठाईएको सहयोग रकम अनिशा बिष्टले टिचिङ हस्पिटल पुगेर पिडित सागरलाई हस्तान्तरण गर्नुभएको हो । सहयोग रकम लिएर भावुक हुँदै पिडित रायमाझीले दुखको बेलामा आर्थिक रकम सहयोग गर्नुहुने सदभांव युवा समूह कतार प्रति धन्यवाद दिदै हार्दिक आभार प्रकट गर्नुभयो । घरको सहारा बनेको छोरा नै रोगसँग लडिरहेको र अत्यन्तै जोखिम अवस्थामा पुगेको र जीवन बचाईदिन पिडितका बाबा र आमाले स्वदेश तथा बिदेशमा रहेका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहयोग गरेर छोराको जिवन बचाईदिन अपिल समेत गरेका छन । देश बिदेशबाट पिडितलाई सहयोग गर्न चाहने ब्यक्तित्वहरुका लागी निजको आमा बिष्णु रायमाझीको ग्लोबल आईएमए बैकको खाता नं. ०७००७०१००११८३३ सहयोग गर्न सकिनेछ,भने बिरामीको सम्पर्क नम्बर ९८४७५७२१२३ मा समेत कल गरेर सहयोग गर्न सकिने ब्यवस्था मिलाईएको छ ।
त्यस्तै सदभावं युवा समूह कतारले केही दिन अघि लामो समयदेखी मुटु कलेजो,फोक्सी सम्बन्धि ग्रसित पिडित स्याङ्जा जिल्ला पुतलीबजार वडा नं. ११ निवासी कृष्ण बहादुर बिस्वकर्मालाई उपचारार्थको लागि सहयोग स्वरुप अठार हजार छ सय दश रुपैयाँ सहयोग गरेको समाजले जानकारी दिएको छ । सदंभाव समाजले कतार तथा मातृंभुमी नेपालमा भुकम्प पिडित, बाढी पिडित, राष्ट्रिय आविस्कार केन्द्र, मानव सेवा आश्रम लगायत दुख पिडा र समस्यामा परेका सबैलाई आर्थिक सहयोग गर्दै आईरहेको छ ।
