गुफाडाँडामा मनायो पाँचौं जलवायु सम्मेलन
“मेलम्ची समृद्धिको आधार कृषि, पर्यटन,उद्योग र जलाधार” भन्ने मुलनाराका साथ जलवायु सम्मेलन – २०८१ गुफाडाँडामा सम्पन्न भएको छ ।
बुधबार बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाको प्रमुख आतिथ्यतामा भएको सम्मेलनमा बागमती प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा.गंगादत्त नेपालले जलवायु परिवर्तन र यसको असर विषयक कार्य पत्र पेश गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सीँ लामाले विकसित मुलुकले नेपाललाई जलवायु परिवर्तनमा पु¥याएको क्षतितर्फ बागमती सरकारको ध्यानाकर्षण भएको बताउनु भएको छ । मेलम्ची नगरपालिकाद्धारा पर्यटकीय नगरी गुफा डाँडामा आयोजित पाँचौँ जलवायु दिवसलाई सम्बोधन गर्नु हुदैं मुख्यमन्त्री लामाले विकसित राष्ट्रले औधोगिककरणका बिकास क्रममा कार्बन उत्सर्जनले नेपाल जस्ता मुलुकलाई गम्भीर असर पुगेकोले असर न्यूनीकरणमा बागमती प्रदेश सरकार ...





