श्रमिकका समस्याहरु समाधान गर्न एनसिसी कतारको आग्रह
दर्शन सुनार/लोकप्रिय दैनिक, दोहा/कतार
गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनसिसी) कतारको समन्वयमा तथा कतारमा स्थापित सम्पुर्ण संघ संस्थाहरुद्धारा कतारका लागी नेपाली राजदूतावास कतारका नवनियुक्त महामहिम राजदुत रमेशचन्द्र पौडेलसँग स्वागत तथा परिचयात्मक कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।
शुक्रबार नेपाली राज दूतावासको सभाहलमा सम्पन्न कार्यक्रममा कतारमा स्थापित विभिन्न संघसंस्थाका प्रमुख प्रतिनिधि लगायत बुद्धिजीवी,समाजसेवी सामाजिक ब्यक्तित्वहरुले नवनियुक्त राजदुत पौडेलसँग स्वागतम तथा परिच्यात्मक,भेटघाट गर्दै कतारमा रहेका नेपाली श्रमिकहरुको समस्या समाधान गर्न एनसिसी कतार लगायत अन्य संघसंस्थाहरुले अनुरोध समेत गरेका छन् । बिगत लामो समयदेखि कतारमा राहदानी नविकरणको ठूलो विकराल समस्या देखा पर्दै आईरहेको र पासपोर्ट नविकरण समयमा हुन न सक्दा धेरै श्रमिकका आईडी, गेटपास लगायत जागिर नै धरासय हुन सक्ने सम्भावना बढी श्रमिकको देखिएकोले यो समस्यालाई दूतावासले तत्काल समाधान गर्न अनुरोध समेत गर्नुभयो ।
सामान्य श्रमिकले आफनो समस्याको समाधानको लागी दूतावासको टेलीफोन सम्पर्कमा कल गर्दा फोन न उठने जनगुनासो अधिकांश वक्ताहरुले राखेका थिए फ्री भिजाको नाममा नेपालीहरुले नै नेपालीहरुलाई ठगेर धेरै जना अलपत्र पारिरहेका बिषय,पासपोर्टको स्लट नखुल्नेका समस्या,दूतावासको बाहिर सोझा नेपालीहरुलाई दलालहरुले ठगेका समस्या,दूतावासमा सामान्य फोटोकपी मेसिन न भएर फोटोकपी गर्न टयाक्सी चढेर जानुपर्ने समस्या लगायत अन्य बिविध समस्याहरुका बारेमा वक्ताहरुले प्रश्न सुझाव, जिज्ञासा समेत राखेका थिए । गैर आवासिय नेपाली संघ एनसिसी कतारका अध्यक्ष रमेश भट्टको सभापतित्व तथा कतारका लागि नेपालका नवनियुक्त महामहिम राजदूत रमेशचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा स्वागत तथा परिच्यात्मक कार्यक्रम सम्पन्न भएको हो । नवनियुक्त राजदुत कार्यक्रमका प्रमुख अतिथी पौडेलले आफ्नो मन्तव्य बोल्दै खादा माला मान,सम्मानमा भन्दा बिशेष जटिल र गहन बिषयमा मात्र केन्द्रित रहेर काम गर्न कतारमा स्थापित सम्पुर्ण संघसंस्थाहरुलाई आग्रह समेत गर्नुभयो ।
आफु कतार भर्खरै प्रवेश गरेको र कतारमा स्थापित सम्पुर्ण संघ,संस्था कतारलाई कर्म थलो बनाएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुसँग भेटघाटको क्रम बाक्लो रुपमा गर्दै आएको र दोहाका नेपाली श्रमिकका समस्या आफुले मसिनो गरि बुझ्दै जाने र समस्याको समाधान गर्न आफू लागि पर्ने बताउनुभयो ।
पौडेलले कार्यक्रम समक्ष उठेका सवाल जवाफ कतिपय बुझेका र न बुझेका कुराहरुलाई मनन गर्दै सबै समस्याहरु राजदूतावास कतारले सुझाव, कृयाशिल र प्रतिबद्धता रहने बताउनुभयो । उहाँले सबै समस्याहरुको हल एकै साथ समाधान गर्न कठिनाई हुने आफुले देखेको बताउदै समस्या र समाधानका पाटा अलग भएकोले निर्वाधित रुपमा एक,एक गरेर समस्याको समाधान गर्दै जाने बताउनुभयो । नियोगको डेस्क समक्ष आएका धेरै जसो श्रमिकका समस्या लोपोन्मुख पिछडिएको र सबैको सामु दृस्ठिकोण न पुगेको आफुले पाएको बताउदै ती समस्यालाई आफुले प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता समेत जाहेर गर्नुभयो । पौडेलले पासपोर्ट र श्रमिकका समस्या फरक बिषय रहेको बताउदै म्याद सकिएका राहदानी नविकरणको लागी केही दिन पहिले दूतावासले एक सुचना जारी गरेर फ्लोअप गर्दै आईरहेको बताउदै तत्काल देखिएको राहदानी नविकरणको मुल समस्या र यसको समाधान कसरी गर्ने भन्ने बिषयमा दुतावास कार्यशिल र अग्रसरतामा रहेर काम गर्ने बिश्वास व्यक्त गर्नुभयो ।
एनसिसी कतारका प्रथम उपाध्यक्ष कृष्ण पन्थीले स्वागत मन्तव्य राखेको कार्यक्रमको समापन गर्दै सभापति भट्टले पछिल्लो समय कतारमा नेपाल सरकारले नै मान्यता दिदै आएका राष्ट्रिय पर्वहरु कतारमा मनाउन तथा नेपालबाट आमन्त्रित कलाकारहरु लिएर बृहत् साँस्कृतिक कार्यक्रम गर्नको लागी कतार सरकारबाट हलको एप्रुभलको लागी निकै कठिनाई भईरहेको बताउनुभयो । कतार र नेपाल दुई देशको समझदारीमा कतारमा एउटा स्कुल बनाउन सके हामी नेपालीहरुका छोराछोरीलाई पठनपाठनको सहजताको बाटो खुल्नेसँगै स्कुलमै हल ब्यवस्थापन गर्न सकेमा हाम्रा चाड बाडं लगायत साँस्कृतिक कार्यक्रम गर्नको लागी झन्झटिलो बाट मुक्त हुने र हरेक शुक्रबार हुने कार्यक्रमबाट बाहिर दिने पैसाले हामीले हाम्रै स्कुल पनि चलाउन सकिने र हामीलाई ठूलो रकम लाभदायक हुने बताउदै नवनियुक्त राजदुतलाई कतारमा स्कुलको लागि राज्यसँग पहल गरिदिन आग्रह समेत गर्नुभयो । भट्टले नेपाली राजदूतावास कतारले कतारमा रहेका हरेक श्रमिकका समस्याहरुलाई अग्रस्थानमा राखेर काम गर्नेछ भन्ने बिश्वास व्यक्त गर्दै हलमा उपस्थित सम्पुर्णलाई हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रमको सहजीकरण संघका महासचिव रबिन मगरले गर्नुभएको थियो ।
