सम्पर्क

नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा कतारमा बृहत् रक्तदान कार्यक्रम हुने

दर्शन सुनार/लोकप्रिय दैनिक, कतार

कतारमा आगामी शुक्रबार रक्तदान कार्यक्रम हुने भएको छ । नेपाली जनसम्पर्क समिति कतारको आयोजना तथा नेपाली रक्तदाता संघ कतारको समन्वयमा समितिले आफ्नो “४९ औ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर “नवौ बृहत् रक्तदान“ कार्यक्रमको आयोजना गरेको हो । “रक्तदान गरौ,परोपकारी कार्यमा सहभागी हौ“ भन्ने मुल नाराका साथ शुक्रबार अलसाद स्थित हमद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा रक्तदान हुने समितिका उपसभापति तथा कार्यक्रम संयोजक ठाकुर कुमार परियारले जानकारी दिनुभएको छ । कतारमा स्थापित विभिन्न बैचारिक संगठन,प्रदेश परिषद,जिल्ला संस्था लगायत कतारलाई कर्म थलो बनाउदै आएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उक्त परोपकारी तथा मानविय कार्यमा सहभागी भई रक्तदान गरिदिन समितिका सभापति अजिज अलीले अनुरोध गर्नुभएको छ । शुक्रबार बिहान ८ बजे देखि मध्यान्ह १२ बजे सम्म रक्तदान चल्ने समितिले जानकारी दिएको छ । रक्तदान गर्न ईच्छुक ब्यक्तित्वहरुले तल दिइएको नम्बरमा सम्पर्क गरेर नाम टिपाउन ब्यवस्थापन मिलाईएको छ ।
कार्यक्रम संयोजक ठाकुर परियार ३३१२८८२९
केदार भुसाल ः३०१००८८४
खगेन्द्र खनाल ः५०५१७४७७
छबिलाल भट्टराई ः५५३५०१४१