सम्पर्क

रविदास समाज सेवा कतारको प्रथम अधिवेशन जनवरी ३ मा हुने

दर्शन सुनार/लोकप्रिय दैनिक, कतार

रविदास समाज सेवा कतारको प्रथम अधिवेशन तथा विविध साँस्कृतिक एवं शुभकामना आदान प्रदान कार्यक्रम अगामी ३ जनवरी २०२५ मा हुने भएको छ । रविदास समाज सेवा, कतारको चाहना, सभ्य, समृद्ध र शिक्षित, समाजको स्थापना भन्ने मुल नाराका साथ सन २०२० मा स्थापना भएको संस्थाले विभिन्न आरोहअवरोहहरु पार गर्दै प्रथम अधिवेशनको सम्मुखमा आइपुगेको छ । नेपाल तथा कतारमा सामाजिक कार्यमा सकृय रही विभिन्न क्षेत्रमा उल्लेखनीय सहयोग गरिसकेको संस्थाका अध्यक्ष लालबाबु रामले बताउनुभएको छ ।
कतारमा विभिन्न पेसा व्यवसायमा आवद्ध रहेका नेपालीहरुहरुको भव्य उपस्थिति रहने अपेक्षा सहित संस्थाको प्रथम अधिवेशन सनैया स्थित फुलबारी रेष्टुरेन्टको सभाहलमा सम्पन्न हुने संस्थाका सचिव राम एकबाल रामले बताउनुभयो । साथै अन्य व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको हुदा कतारमा रहेका सम्पुर्ण नेपालिहरुलाइ कार्यक्रममा उपस्थित भएर भव्य रुपले सफल बनाइदिन अनुरोध गरेका छन् ।