“मेलम्ची समृद्धिको आधार कृषि, पर्यटन,उद्योग र जलाधार” भन्ने मुलनाराका साथ जलवायु सम्मेलन – २०८१ गुफाडाँडामा सम्पन्न भएको छ ।
बुधबार बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाको प्रमुख आतिथ्यतामा भएको सम्मेलनमा बागमती प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा.गंगादत्त नेपालले जलवायु परिवर्तन र यसको असर विषयक कार्य पत्र पेश गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सीँ लामाले विकसित मुलुकले नेपाललाई जलवायु परिवर्तनमा पु¥याएको क्षतितर्फ बागमती सरकारको ध्यानाकर्षण भएको बताउनु भएको छ । मेलम्ची नगरपालिकाद्धारा पर्यटकीय नगरी गुफा डाँडामा आयोजित पाँचौँ जलवायु दिवसलाई सम्बोधन गर्नु हुदैं मुख्यमन्त्री लामाले विकसित राष्ट्रले औधोगिककरणका बिकास क्रममा कार्बन उत्सर्जनले नेपाल जस्ता मुलुकलाई गम्भीर असर पुगेकोले असर न्यूनीकरणमा बागमती प्रदेश सरकार गम्भीर भएर लागिरहेको बताउनु भएको छ ।
२०७५ साल पुस १६ गते तत्कालीन राष्ट्रपति बिद्यादेवी भण्डारीले पहिलो जलबायु सम्मेलन उद्घाटनगरेसंगै जलवायु दिवश मनाउन थालिएको हो । समारोहमा मुख्य मन्त्री बहादुर सिं लामा तथा डा.गंगादत्त नेपाललाई सम्मान गरिएको थियो ।
समारोहमा मुख्यमन्त्री बहादुर सिं लामा, आन्तरिक मामिला तथा कानुन मन्त्री सरद चन्द्र लामिछाने, बन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवाल, पूर्व कानुन मन्त्री शेरवहादुर तामाङ, प्रदेश सभा सदस्य कृष्ण कुमार तामाङ, पूर्व प्रदेश मन्त्री निमा लामा, इन्द्रावती गाँउपालिकाका अध्यक्ष झम्क नाथ नेपाल, पूर्व अध्यक्ष वंशलाल तामाङ, एमाले नेता बा
लकृष्ण देउजा लगाएतकाले मन्तव्य राख्नुभएको थियो । समारोह मेलम्ची नगरपालिकाका विद्यालयका विद्यार्थीहरुले विभिन्न भेष भुषा तथा भाषा सस्कृती झल्कने गित तथा नृत्य प्रस्तुत गरेका थिए भने राष्ट्रिय स्तरका कलाकारको पनि हास्य व्ययं प्रस्तुति गरेका थिए ।
प्रख्यात पर्यटकीय स्थल गुफाडाँडामा ७७ जिल्लाको नाम अङ्कित पोलमा नेपालको झण्डा फेरिएको थियो ।

