सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकामा रहेको महाकाली बहुउद्धेश्यीय बचत तथा ऋण सहकारी सँस्थाको २९औं बार्षिक साधरणसभा एक समारोहका बिच सम्पन्न भएको छ ।
श्री कृष्ण रत्न गंगा माध्यमिक विद्यालय प्राङ्ग्रण चौतारामा भएको बार्षिक साधारण सभाले सँस्थाको नाम संसोधन सहित बिभिन्न निर्णयहरु पारित गरेको छ । सभाले बार्षिक आयब्यय अनुमोदन गर्दै बिभिन्न ब्यक्तिहरुलाई सम्मान समेत गरेको छ । सभाका प्रमुख अतिथी चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले कार्यक्रमको उद्घाटन गर्दै सहकारीको माध्यमबाट गरेका हरेक कामहरु सफलतामा रहेकाले नगरपालिकाले पनि नगर स्तरीय सहकारी सञ्जाल गठन गरि सहकारीताका माध्ययमबाट काम गर्न लागेको बताउँनु भयो । उहाँले सहकारी बिकासका लागी नगरबाट गर्न पर्ने सहयोगमा कुनै पनी कन्जुस्याई नहुने बताउँनु भयो । कार्यक्रमका बिशेष अतिथी पुर्ब माननीय कृष्णराज श्रेष्ठले सहकारी शब्द आफैमा पवित्र रहेको बताउँदै सहकारीको नाममा ठगी गर्ने भनेको महाअपराध भएको बताउँनु भयो । कार्यक्रममा ५ नं. वडाका वडाअध्यक्ष शिव श्रेष्ठ, उज्यालो बचत तथा ऋण सहकारी सँस्थाका सचिव चन्द्र बहादुर खत्री, सिन्धु बिकास बैकका शिब खरेललगायतले शुभकामना मन्तब्य दिनुभएको थियो भने सँस्थाका उपाध्यक्ष हरि गोपाल श्रेष्ठले स्वगत मन्तब्य राख्नु भएको थियो ।
संस्थाको बार्षिक आयव्यय संस्थाका कोषाध्यक्ष शुसील प्रसाद कक्षपतीले प्रस्तुत गर्नु भएको थियो । सँस्थाको सचिव खिल बहादुर श्रेष्ठले संस्थाको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । तत्कालीन चौतारा गाविसको २ र ४ गरी २ वटा वडामा मात्र सीमित रहेको यस संस्था विस्तार भएर हाल चौतारा साँगाचोकगढी नगरपालिका वडा नं.४, ५, ६, ७ र ८ लगायतका क्षेत्रहरुमा व्यापक विस्तार भईरहेको छ । यसलाई अझ क्रमश विस्तार गर्दै लाने संस्थाको लक्ष्य रहेको सचिब श्रेष्ठले बताउँनु भयो ।
उहाँले गत आव ०७९÷८० मा जम्मा शेयर सदस्य १ हजार ७ सात ३० रहेकोमा यस आव ०८०÷८१ को अन्त्य सम्ममा महिला संख्या ९ सय ५३, पुरुष संख्या ७ सय ७६, समुह बचत संख्या १० (शेयर खरिद गरेका समुह) गरी जम्मा १ हजार ७ सात ३९ जना शेयर सदस्य बताउँनु भयो । सचिव श्रेष्ठले गत वर्ष २०८० मसिंर मसान्तसम्म शेयर सदस्य संख्या १ हजार ७ सय ६३ जना रहेको र सो संख्यालाई बढाएर १ हजार ८ सय ५० पु¥याउने लक्ष्य रहेकोमा सो सदस्य संख्या १ हजार ७ सय ६३ बाट बढेर मिति ०८१।०९।७ गतेसम्ममा महिला शेयर सदस्य ९ सय ४२, पुरुष ७ सय ८४ र समुह १० (शेयर भएका समुह बचत )गरी कुल शेयर सदस्य जम्मा १ हजार ७ सय ३६ पुगेको छ । जसमा मासिक बचत कर्ता १ हजार ३ सय ३५, दैनिक बचत कर्ता ३ सय ७७, स्वैच्छिक बचत कर्ता ६ सय ५३, मुद्दति खाता ५३, समुह बचत कर्ता ३१ र जेष्ठ नागरिक बचत कर्ता २७ जना रहेका छन् । मासिक बचत , दैनिक, स्वैच्छिक बचत आदि सबै गरी मिति २०८१।०८।३० सम्ममा जम्मा शेयर संख्या ३,०३,३०८ थान रहेको छ । एक कित्ता शेयरको दर रु. १००।– ले कूल ३,०३,३०,८००।– रकम हुन आउँछ । यस आर्थिक वर्ष सम्ममा शेयर सदस्य संख्या १ हजार ७ सय ३९लाई बढाएर १८५० पु¥याउने लक्ष्य राखिएको छ । संस्थाले संख्यात्मक वृद्धिलाई भन्दा गुणात्मक वृद्धिलाई प्राथमिकता दिने लक्ष्य लिइएको छ । संस्थाले २०७३÷७४ सम्ममा निक्षेपको व्याज वार्षिक रुपमा वितरण गर्दै आएकोमा सो व्याज २०७४÷७५ आर्थिक वर्षदेखि अर्धवार्षिक रुपमा वितरण गरेको र आर्थिक वर्ष २०७५÷७६ बाट त्रैमासिक रुपमा वितरण गर्ने र कर्जाको व्याज २०७४÷७५ देखि मासिक रुपमा लिने गरिएकोे बताउँनु भयो । संस्थाका अध्यक्ष केशब लाल श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रम अनुशासित, भव्य र सब्य रुपमा सम्पन्न भएको छ ।

