सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–४ स्थित बाह्रबिसेमा रहेको क्षेमादेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा ज्ञानेन्द्रप्रसाद श्रेष्ठ सर्वसहमत चयन हुनुभएको छ ।
सहकारीको छैठौं अधिबेशन तथा १६औं अधिबेशनबाट उहाँलाई चार वर्षका लागि पुनः अध्यक्षमा चयन गरेको हो । यस्तै समितिको उपाध्यक्षमा चमेली श्रेष्ठ, सचिवमा ईश्वरलाल श्रेष्ठ, कोषाध्यक्षमा यज्ञश्वर श्रेष्ठ सर्वसम्मत छनौट भएका हुन् । सदस्यहरुमा कुवेर श्रेष्ठ, राजेशकुमार श्रेष्ठ(जयकाम), रमेशकाजी श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, तुसार श्रेष्ठ, मेनुका श्रेष्ठ र जयलक्ष्मी श्रेष्ठ चयन भएका छन् । लेखा तथा सुपरिवेक्षण समिति संयोजकमा बालकृष्ण श्रेष्ठ, सदस्यहरुमा सूर्यमाया श्रेष्ठ र राम श्रेष्ठ छनौट भएका छन् । २०६५ सालमा बाह्रबिसेका ६० जना सदस्य मिलेर खोलेको क्षेमादेवी बचत तथा ऋृण सहकारी संस्था सोही साल कातिक २८ गते डिभिजन सहकारी कार्यालय धुलिखेलमा बिधिवत दर्ता भई सदस्यको आर्थिक, सामाजिक, साँस्कृतिक स्तर उठाउने कार्य गर्दे आईरहेको छ । बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गापा–३, बलेफी गापा–८ र त्यहाँका केही वडाहरु सो सहकारीको कार्यक्षेत्र रहेको छ । सबै कार्यक्षेत्रमा ४ हजार ७८ सदस्य रहेका अध्यक्ष ज्ञानेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
