सम्पर्क

ब्रेकिङ न्युज २

विभिन्न १० प्रस्ताव पारित गर्दै मेलम्ची नगरापालिकाकाे नगर सभाकाे शत्राैं अधिवेशनसम्पन्न

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
मेलम्ची । मेलम्ची नगरापालिकाकाे नगर सभाकाे शत्राैं अधिवेशन विभिन्न १० प्रस्ताव सर्वसम्मत रुपमा पारित गर्दै  सम्पन्न भएकाे छ । नगरसभाले विभिन्न समितिले प्रस्तुत गरेको विभिन्न संशोधित विधेयक पारित गरेको छ । नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा भएको उक्त अधिवेशनले विभिन्न समितिको प्रतिवेदन एवं बजेट कार्यान्वयनको अवस्थाबारे प्रस्तुत प्रतिवेदनमाथि बृहत छलफल गरी विधेयक पारित गरेको छ । नगरसभाका सभाध्यक्ष तामाङले निर्णयार्थ प्रस्तुत गरेको प्रस्तावहरू सर्वसम्मतले पारित भएकाे थियाे । नगरसभामा नगरप्रमुख एवं सभाअध्यक्ष तामाङले चालु आर्थिक वर्ष २०८१–८२ को माघ २७ गते सम्म सम्पादन भएका मुख्य मुख्य कामहरूकाे विवरण प्रस्तुत गर्नुभएकाे थियाे । निर्वाचित भएकाे २ बर्ष ८ महिनाकाे अवधिमा याेजना निर्माण, पुर्वाधार निर्माण, सुशासन र नगरकाे दिगाे बिकासमा एउटा इटा थप्ने कामकाे शुरूवात भएकाे तामाङले बताउनुभयाे । चाल...

जापानसँगको आपसी हितलाई नेपालले उच्च महत्त्व दिँदै आएको छः मन्त्री भण्डारी

ब्रेकिङ न्युज २, समाचार
काठमाण्डौँ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि जापानका राजदूत मायदा तोरूले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा मन्त्री भण्डारीले नवनियुक्त राजदूतका रूपमा तोरुको स्वागत गर्दै नेपालले सदैव जापानसँगको आपसी हितका सम्बन्ध र सहयोगलाई उच्च महत्त्व दिइआएको बताउनुभयो । “भूकम्पलगायत प्राकृतिक विपत्तिमा जापानी जनता, सरकार, गैरसरकारी संस्था, विश्वविद्यालयबाट प्राप्त सहयोगप्रति हामी आभारी छौँ, नेपालको सामाजिक तथा आर्थिक विकासका लागि जापान लामो समयदेखि एक महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रुपमा रहेको छ”, मन्त्री भण्डारीले भन्नुभयो, “हामी औद्योगिक विकास, निर्यात प्रतिस्पर्धी क्षमता विकास, कृषि, जलविद्युत्, पूर्वाधार विकासलगायत धेरै क्षेत्रमा जापानको अनुभव, ज्ञान, सीप र प्रविधिबाट लाभान्वित हुन चाहन्छौँ ।” उहाँले मानव संसाधन विकासमा ज...

पिस्करले सम्झ्यो छत्र कमरेडलाई

ब्रेकिङ न्युज २, समाचार
पिस्कर आन्दोलनका अग्रज व्यक्तित्व तथा विद्रोही जनप्रतिनिधिको रूपमा जनतामा असाधारण योगदान दिने छत्र बहादुर बोहरा नेपाली कम्युनिस्ट आन्दोलनमा निष्ठा र त्यागको धरोहर हुनुहुन्थ्यो । हिजोको पिस्कर सामन्ती शोषण, दमन र अत्याचारको कृडास्थल नै थियो । त्यही कारणले पिस्करले विद्रोहको नयाँ जग बसाल्यो । बर्गसंघर्षको नयाँ आधार भूमि निर्माण गर्‍यो । पञ्चायती निरङ्कुश राजतन्त्र विरुद्ध उठेको विद्रोहको प्रेरणाको श्रोत बन्यो पिस्कर । यो गरिब भन्दा गरिब किसानले जमिनदारी प्रथा विरुद्ध छेडेको वर्ग सचेत जागरणको इतिहास हो पिस्कर आन्दोलन । यो आन्दोलन जनस्तरको गहिराई र व्यापक समुदायमा फैलाउने अभियानका आधा दर्जन अगुवाहरू मध्ये एक र बारम्बार जनताबाट निर्वाचित हुँदै आफ्ना कर्महरूलाई बेदाग अनुमोदन गरिरहने जनताका लोकप्रिय नेता, अरू भन्दा अलग भूमिकामा रहेर विशिष्ट छाप छोड्न सक्ने कुशल ब्याक्तित्वको रूपमा अधिकांशका स्मृत...

मोना कतारको १२औँ साधारणसभा भब्य रुपमा सम्पन्न, अध्यक्षमा भण्डारी सर्वसम्मत

ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार/ लोकप्रिय दैनिक म्याग्दी जिल्ला रघुगङ्गा गॉउपालीका वडा नंं. २ भगवती निवासी बाबुराम भण्डारीलाई सर्वसम्मत अध्यक्षमा चयन गर्दै म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) कतारको १२औँ साधारणसभा सम्पन्न भएको छ । शुक्रवार सनैयामा अवस्थित फूलबारी रेस्टुरेन्टमा दुई चरणमा सम्पन्न साधारणसभाको बन्द सत्रबाट ३० सदस्यीय नयाँ कार्यकारिणी समिति सर्वसम्मत चयन भएको छ । २२औँ वार्षिकोत्सव तथा विविध सांस्कृतिक कार्यक्रम सहित सम्पन्न साधारणसभाको सर्वसम्मत भएको कार्यकारिणी समितिको वरिष्ठ उपाध्यक्ष मगंला गाउँपालिका वडा नं. ४ का देवी दत्त कँडेल, प्रथम उपाध्यक्ष मालिका गॉउपालीका वडा न ५ रुन्माका पदम पुन, उपाध्यक्ष– रघुगंगा गॉउपालीका वडा न ३ पिप्लेका रुकुम श्रीपाली, महासचिव अन्नपूर्ण गॉउपालीका वडा न ६ घारका कृष्ण खड्का (शिव), सचिवद्धय रघुगंगा गॉउपालीका वडा न ३ पिप्लेका नरेन्द्र कुमार दर्जी र अन्नपूर्ण गॉउपालीका...

राष्ट्रिय युवा संघ नेपाल चौतारा साँगाचोकगढी नगरकमिटिको अध्यक्षमा राम तामाङ

ब्रेकिङ न्युज २, राजनिती, समाचार
राष्ट्रिय युवा संघ नेपाल चौतारा साँगाचोकगढी नगरकमिटिको अध्यक्षमा राम तामाङ चयन हुनुभएको छ । शनिबार राष्ट्रिय युवा संघ नेपालका उप–महासचिव राजन थापाको प्रमुख आतिथ्यतामा नगरकमिटीको दोश्रो अधिवेशनबाट तामाङको अध्यक्षतामा १६ सदस्यीय कमिटी गठन भएको हो । संघको उपाध्यक्षमा अनुप श्रेष्ठ, सचिवमा सुवाष अर्याल, सह–सचिवमा अंकीत श्रेष्ठ र विकास थापा, कोषाध्यक्षमा सृष्टि जोन्से निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यहरुमा रादिप श्रेष्ठ, सुनिल तामाङ, विश्व तमाङ, राजेश श्रेष्ठ, रमेश लामा, कुमार तामाङ, सुशिल श्रेष्ठ, निरज तामाङ, राजन खत्री, प्रदिप खत्री, निरोज कार्की, न्युटन कार्की, फुलकाजी तामाङ, राजु माझी र सिताराम माझी सर्वसमत चयन भएको संघका पुर्व अध्यक्ष सुबास तामाङले जानकारी दिनुभयो ।...

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
काठमाडौँ, २६ माघ : काठमाडौँको सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयमा आगलागी भएको छ । सिंहदरबार प्रहरीका अनुसार खानेपानी तथा सरसफाइ मन्त्रालयको चौथो तलामा आज बिहान पौने ८ बजे आगलागी भएको हो । उक्त तलामा खानेपानी तथा सरसफाइमन्त्रीको कार्यकक्ष समेत रहेको थियो । सिंहदरबार सुरक्षा गणका प्रमुख, प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेले बारुणयन्त्रको सहायताले आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको राससलाई जानकारी दिनुभयो । उक्त मन्त्रालयको भवनभित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत रहेको छ । आगलागी के कारण भयो भन्नेबारे खुलेको छैन । तीनवटा कोठामा लागेको आगलागीको क्षतिको विवरण समेत आइसकेको छैन.रासस...

जलवाई देवी माध्यमिक विद्यालय मेलम्ची -८ क्यौरानीको स्वर्ण जयन्ती तथा २२औं अभिभावक भेला सम्पन्न

ब्रेकिङ न्युज २, राजनिती
 श्री जलवाई देवी माध्यमिक विद्यालय मेलम्ची -८ क्यौरानीको ५० औं जन्मोत्सव (स्वर्ण जयन्ती) तथा २२औं अभिभावक भेला सम्पन्न भएको छ ।कार्यक्रमको उद्घाटन गर्नुहुँदै बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङ (समिर )ले पुस्तकसँगै प्राविधिसँग जोडेर अध्ययनलाई अगाडी बढाउनुपर्नेमा जोडदिनुभयो । अबको युग प्राविधिको युग रहेकाले यस अनुसार प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादन अहिलेको मुख्य आवश्यकता रहेको तामाङले बताउनुभयो । उहाँले यस विद्यालयलाई विभिन्न सहयोग गरेको बताउँदै शुद्ध खानेपानीको लागि स्मार्ट प्लान्ट सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । पुर्व वडा अध्यक्ष एवम् विद्यालय व्यवस्थापन समिती पुर्व अध्यक्ष ठंकराज गिरीले विद्यालयलाई यस स्थान सम्म ल्याइपुर्याउन सहयोग गर्ने सम्पुर्णमा आभार प्रकट गर्दै गुणस्तरीय शिक्षाका लागि सबैको पहल जरुरी हुने बताउनुभयो । त्यस्तै पुर्व व्यवस्थापन समिति अध्यक्ष अर्जुन गि...

झापा घटनामा ५१ वटा युट्युब च्यानलमाथि काउन्सिलको निगरानी, १५ वटा च्यानल साइबर ब्युरोमा

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, समाचार
प्रेस काउन्सिल नेपालले झापाको शिवसताक्षी नगरपालिकामा घटेको एक घटनालाई अतिरञ्जित गर्ने ५१ वटा युट्युब च्यानलमाथि निगरानी गरेको छ । शुक्रबारसम्म काउन्सिलले उक्त घटनालाई ‘अमला काण्ड’ नाम दिइ सनसनीपूर्ण बनाउने, पीडितका भिडियो/तस्बिर सार्वजनिक गर्ने तथा समाजमा घृणा, द्वेष, उत्तेजना/अफवाह फैलाउने, सामाजिक सद्भाव बिगार्ने सामग्री सम्प्रेषण गरेका युट्युब च्यानल कारबाहीमा परेका छन् ।५१ वटा युट्युब च्यानलमध्ये १५ वटा युट्युबले साम्रगी हटाउन काउन्सिलले दिएको निर्देशन पालना नगरेपछि थप कारबाहीका लागि साइबर ब्युरोमा पत्राचार भएको छ । यस्तै १६ वटा युट्युब च्यानलले भने काउन्सिलले मौखिक निर्देशन दिएपछि क्षमायाचनासहित सामग्री हटाएका छन् । काउन्सिलले ११ वटा युट्यु्ब च्यानललाई पत्राचार गरी पत्रकार आचारसंहिता विपरीतका त्यस्ता सामग्री हटाउन भनेकोमा ७ वटाले सामग्री हटाइ क्षमायाचना सहितको जवाफ पठाएका छन् ।केही दि...

जिससद्धारा जिल्ला स्तरिय बक्तृत्वकलाप्रतियोगिता सम्पन्न

#, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, साहित्य, स्वास्थ्य
समाजमा स्वच्छ वातावरणको लागी बिद्यार्थीको भुमिका“बिषयक बक्तृत्वकलामा प्रतियोगितामा थाङ्पालधाप मा.बि , पाँचपोखरी थाङपालधाप गाँउपालिकाले पहीलो र तेश्रो स्थान हासिल गर्न सफल भएको छ । जिल्ला सम्मन्वय समितीको सभाहलमा बिहीबार भएको प्रतियोगितामा जिल्लाका ११पालिकाका २६वटा बिद्यालयले भाग लिएको थियो ।जिल्ला सम्मन्वय समितीद्वारा आयोजित , “ समाजमा स्वच्छ वातावरणको लागी बिद्यार्थीको भुमिका“ बिषयक , जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगिता २०८१ , जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको थियो । साहयक प्रमुख जिल्ला अधिकारी गणेश नेपाली सहीतको मुल्याङ्कन समुहले थाङ्पालधाप मा.बि , पाँचपोखरी थाङपाल गाउँपालिकाका शर्मीला भट्टराइले प्रथम गृनल्याण्ड सेकेण्डरी स्कुल , बलेफी गाउँपालिका जेनि श्रेष्ठले दोश्रो र ,थाङपालधाप मा.बि ,, पाँचपोखरी थाङपापालधाप गाउँपालिका दार्शनिक पौडेलले तृ...

मोना कतारले आगामी शुक्रबार १२औं साधारण सभा गर्दै

ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार/लोकप्रिय दैनिक, कतार म्याग्दी प्रवासी नेपाली संघ मोना कतारले १२औं साधारण सभा गर्ने भएको छ । “प्रवासी म्याग्देली दृष्टि,सम्बृद्ध म्याग्देली सृष्टि” भन्ने मुल नाराका साथ कतार देखि गृह जिल्लासम्म सामाजिक क्षेत्रमा सक्रिय रहेको समाजले आगामी शुक्रबार २२आंै बार्षिकोत्सवको अवसर पारेर बिविध साँस्कृतिक कार्यक्रमको साथमा साधारण सभा गर्ने भएको हो । समाजका अध्यक्ष राजु पौडेलले लोकप्रियकर्मी सगंको सवांदमा साधारण सभा तथा बिविध साँस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । पौडेलले अधिवेशनको अवसर पारेर डिसेम्बर १ तारिक देखी नै साधारण सदस्य र आजिवन सदस्य खुल्ला गरिएको जानकारी दिदै कतारलाई कर्म थलो बनाईरहेका म्याग्देलीहरुलाई समाजमा आवद्ध हुन सबैलाई आग्रह गर्नुभएको छ । शुक्रबार सनैयामा अवस्थित फुलबारी रेष्टुरेन्टको सभाहलमा मध्यान्ह १२ बजे देखि कार्यक्रम सुचारु हुने कार्यतालिका रह...