सम्पर्क

मोना कतारको १२औँ साधारणसभा भब्य रुपमा सम्पन्न, अध्यक्षमा भण्डारी सर्वसम्मत

दर्शन सुनार/ लोकप्रिय दैनिक
म्याग्दी जिल्ला रघुगङ्गा गॉउपालीका वडा नंं. २ भगवती निवासी बाबुराम भण्डारीलाई सर्वसम्मत अध्यक्षमा चयन गर्दै म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) कतारको १२औँ साधारणसभा सम्पन्न भएको छ । शुक्रवार सनैयामा अवस्थित फूलबारी रेस्टुरेन्टमा दुई चरणमा सम्पन्न साधारणसभाको बन्द सत्रबाट ३० सदस्यीय नयाँ कार्यकारिणी समिति सर्वसम्मत चयन भएको छ । २२औँ वार्षिकोत्सव तथा विविध सांस्कृतिक कार्यक्रम सहित सम्पन्न साधारणसभाको सर्वसम्मत भएको कार्यकारिणी समितिको वरिष्ठ उपाध्यक्ष मगंला गाउँपालिका वडा नं. ४ का देवी दत्त कँडेल, प्रथम उपाध्यक्ष मालिका गॉउपालीका वडा न ५ रुन्माका पदम पुन, उपाध्यक्ष– रघुगंगा गॉउपालीका वडा न ३ पिप्लेका रुकुम श्रीपाली, महासचिव अन्नपूर्ण गॉउपालीका वडा न ६ घारका कृष्ण खड्का (शिव), सचिवद्धय रघुगंगा गॉउपालीका वडा न ३ पिप्लेका नरेन्द्र कुमार दर्जी र अन्नपूर्ण गॉउपालीका वडा न ३ दानाका प्रेम बहादुर गर्बुजा, कोषाध्यक्ष अन्नपूर्ण गॉउपालीका वडा न ६ घारका नवराज रिजाल र सह–कोषाध्यक्ष बेनि नगरपालिका वडा नं. ७ संगमचोककि मोना नेपाली रहेका छन् ।
समितिको महिला संयोजकमा मङ्गला गॉउपालीका वडा न ४ सुनधाराकि टिकामाया रोका, महिला उप–संयोजक मालिका गॉउपालीका वडा नं. २ चिउरी बोटकि पार्वती पुन रहेकी छिन । मगंला गाउँपालिका संयोजकमा मङ्गला गॉउपालीका वडा न ५ पॉखुका राम बहादुर बानीयॉ, रघुगंगा गाउँपालिका संयोजक रघुगंगा गॉउपालीका वडा न ३ मौवाफाटका विष्णु खत्री, अन्नपूर्ण गाउँपालिका संयोजक अन्नपूर्ण गॉउपालीका वडा न २ भुरुङ तातोपानीका याम बिक, मालिका गाउँपालिका संयोजक मालिका गाउँपालिका वडा न ०३ किटेनीकि यामुना पटेल, बेनी नगरपालिका संयोजक बेनी नगरपालिका वडा न ०९ तोरीपानी निवासी पल सुन्दास, वरिष्ठ सदस्य तथा सांस्कृतिक संयोजक बेनी नगरपालिका वडा न ५ चिप्लेटीका राजन खत्री सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै समितिको वरिष्ठ सदस्यहरूमा क्रमशः मालिका गॉउपालीका वडा नं. ३ डॉडागाउका कोपिला पटेल, सिर्जना घताने र कल्पना घताने, सोही गाउँपालिका वडा न १ रिठेचौरकि सपना पुन, अन्नपूर्ण गाउँपालिका वडा नं. ४ गाडपारका भूपेन्द्र पुर्जा, अन्नपूर्ण गॉउपालीका वडा नं. १ दोबाका दिल घताने, मगंला गाउँपालिका वडा नं. ४ का गंगाधर कँडेल रहेका छन् । त्यस्तै कार्यकारिणी सदस्यहरूमा अन्नपूर्ण गॉउपालीका वडा नं. ६ घाराका बिल बहादुर दर्जी, सोही गाउँपालिका वडा नं. २ भुरुङ तातोपानीका देवी विक, तारा बिक, बेनी नगरपालिका वडा नं. १० पात्लेखेतका भत बहादुर दर्जी, रघुगंगा गॉउपालीका वडा नं. ३ रानीपौवाका प्रेम बिक, सोही गाउँपालिका वडा नं. ६ कोटगाँउका लाल प्रसाद पुन र वडा नं. ३ मौवाफाटका भगवान् भण्डारी रहेका छन् । सर्वसम्मत चयन भएको समितिलाई निर्वाचन समितिका संयोजक बिक्रम कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । बिधिबत रूपमा पञ्चेबाजाको नराहा सहित ब्यानर अनावरण, दीप प्रज्वलन, राष्ट्रिय गान, कतार तथा प्रवासमा मृत्यु भएका सबै म्याग्देली तथा नेपाली सहित सहिदहरूका नाममा एक मिनेट मौन धारण, वार्षिकोत्सवको केक काटेर शुभारम्भ गरिएको साधारणसभामा नृत्याङ्गना यामुना पटेलले म्याग्दी जिल्लामा जन्मिएको मौलिक थाली नाचद्वारा स्वागत नृत्य पेस गरेकी थिइन् ।
समाजका महासचिव शिव खड्काले कार्य प्रगति तथा आयव्यय पेस गरेका थिए । खड्काले सङ्घले कार्यकाल भरि सतासी हजार सात सय बैसठ्ठी रुपैयाँ आम्दानी गर्दै एकासी हजार पाँच सय उनचालिस खर्चँदै छ हजार दुई सय तेइस रियाल संस्थामा बचत रहेको आयव्यय पेस गरेका थिए । साधारणसभाको उद्घाटन सत्र मोना कतारका अध्यक्ष राजु पौडेलको सभाध्यक्षता र म्याग्दी प्रवासी नेपाली सङ्घका संस्थापक अध्यक्ष तथा हङकङका लागि नेपाल सरकारका तर्फबाट पर्यटन प्रवद्र्धनदूत समेत रहेका प्रकाश पुनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि पुनले मोनालाइ अन्तर्राष्ट्रियकरणका खातिर मोना कतारले गरेको त्याग र योगदान अतुलनीय रहेको बताउनुभयो । उहाँले म्याग्दी डेभलपमेन्ट ट्रस्ट जिल्लामा दर्ता गरिएको जानकारी दिँदै १८ वर्ष भन्दा माथिका र ६० वर्ष भन्दा तलका म्याग्देलीले आफ्नो पुरा जीवनमा एक पटक नेपाली एक हजार सहयोग गर्ने हो भने आफूले हंगकंगबाट उक्त ट्रस्ट मार्फत करोडौँ रकम भित्राएर विकास गर्न सकिने धारणा राख्नुभएको थियो । साधारणसभामा सहभागी हुन् गृह जिल्ला म्याग्दीबाट कतार आएका म्याग्दी जिल्ला भलिबल सङ्घका अध्यक्ष तेजेन्द्र बानियाले म्याग्दीमा अन्तर्राष्ट्रिय स्तरको भलिबल कबर्ड हल निर्माण अभियानमा सङ्घ लागिहरेको बताउँदै कतारबाट पनि सहयोगको अपेक्षा गरेको बताउनुभयो । कतारमा स्थापित विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिको आतिथ्यता रहेको साधारणसभामा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कतारका अध्यक्ष रमेश भट्ट, मोना कतार बहुउद्देश्यीय अक्षयकोषका अध्यक्ष बिक्रम कार्की, मोना कतारका संरक्षकद्धय रमेश पौडेल र प्रेम रसाइली सहित साधारणसभामा बोल्ने वक्ताहरूले आयोजक समाजले सामाजिक तथा मानवीय क्षेत्रमा गरेको कार्यसम्पादनको प्रसंशा गरेका थिए ।

साधारणसभा मार्फत भलिबल खेलाडी, सामाजिक व्यक्तित्वहरू, सिङ्गो कार्यसमिति, संस्थाका संरक्षक, सल्लाहकारहरू, विशिष्ट अतिथि सहित प्रमुख अतिथिलाई दोसल्ला र मायाको चिनोले सम्मान गरिएको थियो । साधारणसभामा पञ्चेबाजा समूहको बाजामा हलमा उपस्थित सबै नाचेका थिए । कतारमा रहेका कलाकारहरू यामुना पटेल, सुधा परियार, बाबु कौसल, रेष्मी सेन्चुरी र अनिता परियारले साङ्गीतिक प्रस्तुति दिएका थिए । साङ्गीतिक प्रस्तुति दिने कलाकार र पञ्चेबाजा समूह नगद रकम सहित सम्मान पत्रले सम्मानित भएका छन् । प्रवासबाट खोलिने डिम्याट खाता, आइपियो, बैंकिंग प्रणालीबाट रेमिटेन्स लगायतका विषयमा नविल बैकका रिलेशनसिप मेनेजर दीपेन्द्र पौडेल र कतारमा रहँदै गर्दा श्रम नवीकरण, सामाजिक सुरक्षा कोषको महत्व र लाभका बारेमा सामाजिक व्यक्तित्व अर्जुन पौडेलले आफ्ना धारणाहरू उपस्थितका बिचमा राखेका थिए । लोकप्रिय समाचारका कतार संवाददाता दर्शन सुनार, नेपालीजनता खबर.कमका कतार संवाददाता प्रकाश दर्नाल र मध्यान्हकर्मीलाई मोना कतारका लागी समय र शब्द खर्च गरेर समाचार मार्फत प्रचार प्रसार गरी सहयोग गरेको जनाउँदै नगद सहित सम्मान सम्मान गरिएको थियो । साधारणसभाको उद्घाटन सत्रको समापन गर्दै सभाध्यक्ष पौडेलले मोना कतारका संस्थापक देखि आफ्नो कार्यकालको अन्तिम दिन सम्म साथ सहयोग गर्ने सबै प्रति आभार व्यक्त गर्नुभयो । पौडेलले मोना कतारको संरक्षकत्वमा स्थापित मोना कतार बहुउद्देश्यीय अक्षयकोषको हितमा पनि नयाँ समितिले काम गर्ने विश्वास व्यक्त गर्नुभयो । मोना कतारका प्रथम उपाध्यक्ष हेम बानियाँले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण महासचिव शिव खडकाले गर्नुभएको थियो ।