दर्शन सुनार/लोकप्रिय दैनिक, कतार
तमू प्ले ल्हु संघ कतारको आयोजनामा “चेलीबेटी भोज तथा सम्मान“ कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ । “शास्त्र हराए संस्कार हराउछ,संस्कार हराए संस्कृति हराउछ,संस्कृति हराए मान्छेको अस्तित्व नै हराउछ“ भन्ने मुल नाराका साथ शुक्रबार वेलफेयर रेष्टुरेन्टको सभाहलमा संघका अध्यक्ष चन्द्र ल्हेगे तमुको सभाअध्यक्षता तथा नेपाली महिला समाज कतारकी अध्यक्ष लोक माया केसी प्रमुख आतिथ्यतामा“माँङी त्हें कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमका सभापतिलाई गुरुहरुले क्रेगीले र प्रमुख अतिथीलाई पछ्यौरी ओढाएर सम्मान गर्दै बिधिगत रुपमा कार्यक्रमको ब्यानर उदंघाटन तथा दिप प्रज्वलन गरेर अघि बढेको थियो । संघका प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक क्षेत्र बहादुर थिम्जेले स्वागत मन्तव्य राखेको कार्यक्रममा दुर्गा गुरुङ जिना गुरुङले स्वागत नृत्य पेश गरेका थिए । संघका संरक्षक सदस्य रबिन्द्र तमुले कार्यक्रमको बारेमा प्रष्ट पारेका थिए । उनले चेलीबेटी तथा दाजुभाईको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
जनवरी ३ तारिक का दिन संघले आयोजना गरेको “तमु सप्र्ही ल्हो–ल्होसार“ कार्यक्रमलाई सम्पन्न गर्न विभिन्न कोणबाट सहयोग र सहकार्य गर्दै आईरहेका सहयोगी दाताहरु,संघको मातहतमा रहेका विभिन्न बिभागका विभिन्न बिधाका पदाधिकारीहरु,संघका विशिष्ट ब्यक्तित्वहरु,पत्रकार तथा गायन र नृत्य बिधामा आफ्नो सागिंतिक प्रस्तुति दिएका कलाकारहरुलाई संघले दोसल्ला (क्रमु) फेटा (क्रेगी) तथा मायाको चिनो तथा सम्मान पत्रले सम्मान गरिएको थियो ।
नेपाल तामाङ घेदुङ्ग प्रवास कार्य समिती र संघको मातहतमा रहेको महिला बिभागले तमू प्ले ल्हु संघ कतारलाई मायाको उपहार स्वरुप (कोशेली) प्रदान गरेका थिए । संघको संरक्षकत्वमा गठित महिला बिभागमा आवद्ध रहेका थुप्रै कलाकारहरुले गायन तथा विभिन्न बिधाका सामुहिक नृत्य र तथा एकल नृत्य पेश गरेका थिए । कार्यक्रमको प्रमुख अतिथीको भुमिकामा रहेकी केसीलाई संघले स्टेजमै दोसल्ला ओढाएर मायाको चिनो सहित सम्मान गरेको थियो । सम्मान पश्रांत केसीले आफ्नो मन्तव्य बोल्दै बा¥ह महापुरुष र सात कन्याहरुबाट जन्म भएको समुदायको परम्परागत संस्कार अनुसार विशेष महत्त्वका साथ कार्यक्रममा आफुलाई सम्झेर प्रमुख अतिथीको भुमिका निर्वाह गर्न अवसर दिएकोमा संघ प्रति हार्दिक आभार ब्यक्त गर्नुभएको थियो । केसीले पछिल्लो समय कतारका कार्यक्रमहरुमा शुभकामना वक्ताहरुले कार्यक्रमको ब्यानर भन्दा बाहिरका बिषयमा मन्तव्य देखिएकोले कम्तीमा आयोजकले जुन बिषयलाई लिएर कार्यक्रमको आयोजना गरेको छ । त्यही बिषयमा मात्रै शुभकामना मन्तव्य राख्न आग्रह गर्नुभयो ।
संघका सचिब फलेन्द्र थिम्जे गुरुङ्गले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापती चन्द्र ल्हेगेले बिदेशी भुमिमा पनि आफनो संस्कार र संस्कृतिलाई जगेर्ना गर्दै गुरुङ समुदायको ल्होसार पछिको दोस्रो ठूलो चाड “माँङी त्हें“पर्वमा माईती र चेली बिचको सम्बन्धलाई प्रगाढ राख्न महत्वपूर्ण भुमिका राख्दै चेलीबेटीहरुलाई सम्मान गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताउदै आगामी दिनमा थप मेहनत गर्न आग्रह गर्दै कार्यक्रमको समापन गर्नुभयो । कतारमा स्थापित न्यून मातृं संघ संस्थाका महिला प्रतिनिधिहरुको उपस्तिथि सहित मन्तव्य रहेको कार्यक्रममा संघको मातहतमा रहेको विभिन्न बिभागका पदाधिकारीहरुसँगै महिला बिभागमा आवद्ध रहेका थुप्रै चेली तथा माईतीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
