राष्ट्रिय युवा संघ नेपाल चौतारा साँगाचोकगढी नगरकमिटिको अध्यक्षमा राम तामाङ चयन हुनुभएको छ । शनिबार राष्ट्रिय युवा संघ नेपालका उप–महासचिव राजन थापाको प्रमुख आतिथ्यतामा नगरकमिटीको दोश्रो अधिवेशनबाट तामाङको अध्यक्षतामा १६ सदस्यीय कमिटी गठन भएको हो । संघको उपाध्यक्षमा अनुप श्रेष्ठ, सचिवमा सुवाष अर्याल, सह–सचिवमा अंकीत श्रेष्ठ र विकास थापा, कोषाध्यक्षमा सृष्टि जोन्से निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यहरुमा रादिप श्रेष्ठ, सुनिल तामाङ, विश्व तमाङ, राजेश श्रेष्ठ, रमेश लामा, कुमार तामाङ, सुशिल श्रेष्ठ, निरज तामाङ, राजन खत्री, प्रदिप खत्री, निरोज कार्की, न्युटन कार्की, फुलकाजी तामाङ, राजु माझी र सिताराम माझी सर्वसमत चयन भएको संघका पुर्व अध्यक्ष सुबास तामाङले जानकारी दिनुभयो ।
