सम्पर्क

जिससद्धारा जिल्ला स्तरिय बक्तृत्वकलाप्रतियोगिता सम्पन्न

समाजमा स्वच्छ वातावरणको लागी बिद्यार्थीको भुमिका“बिषयक बक्तृत्वकलामा प्रतियोगितामा थाङ्पालधाप मा.बि , पाँचपोखरी थाङपालधाप गाँउपालिकाले पहीलो र तेश्रो स्थान हासिल गर्न सफल भएको छ । जिल्ला सम्मन्वय समितीको सभाहलमा बिहीबार भएको प्रतियोगितामा जिल्लाका ११पालिकाका २६वटा बिद्यालयले भाग लिएको थियो ।जिल्ला सम्मन्वय समितीद्वारा आयोजित , “ समाजमा स्वच्छ वातावरणको लागी बिद्यार्थीको भुमिका“ बिषयक , जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगिता २०८१ , जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको थियो । साहयक प्रमुख जिल्ला अधिकारी गणेश नेपाली सहीतको मुल्याङ्कन समुहले थाङ्पालधाप मा.बि , पाँचपोखरी थाङपाल गाउँपालिकाका शर्मीला भट्टराइले प्रथम गृनल्याण्ड सेकेण्डरी स्कुल , बलेफी गाउँपालिका जेनि श्रेष्ठले दोश्रो र ,थाङपालधाप मा.बि ,, पाँचपोखरी थाङपापालधाप गाउँपालिका दार्शनिक पौडेलले तृतीय स्थान हासिल गरेको घोषणा गरेको थियो । यसै गरी कलिका मा.बि ,, त्रिपुरासुन्दरी गाउँपालिकाका अनन्या बोहरा, संसारीमाई मा.बि ,, लिसंखुपाखर गाउँपालिकाका बिमल सुन्दासले सान्त्वना स्थान पाउँन सफल हुनु भएको थियो । प्रथम , दृतिय , तृतीय , चौथो र पाँचौं भएका बिद्यार्थीहरु लाई नगद , ट्रफी , मेडल र प्रमाणपत्र प्रदान गर्दै जिसस प्रमुख श्रेष्ठले सानै देखी सकारात्मक कुराहरुको ज्ञान हासिल गरेर समाजलाइ सही र सकारात्मक बाटोमा डोर्याउँन बिद्यार्थीहरुको ठुलो भुमिका रहने भएकाले यस्ता कार्यक्रमले समाजलाइ अझ बढी जिम्मेवार बनाउँने आफुलाइ लागेको बताउँनु भयो ।उँहाले सहभागी सबैले जितेको बताउँदै प्रतियोगितामा सहभागी सबैलाइ बिशेष धन्यबाद दिनु भयो । जिल्ला सम्मन्वय समितीका सम्मन्वय अधिकारी मुक्ती प्रसाद खनालले सञ्चालन गर्नु भएको कार्यक्रममा जिल्ला सम्मन्वय समितीका उप प्रमुख पदम प्रसाद नेपाल लगाएत सम्मन्व्यका पदाधिकारीहरु सहभागी माबी बिद्यालयका प्रअहरु बिद्यार्थीहरु लगाएतको उपस्थिती रहेको थियो ।