सम्पर्क

ब्रेकिङ न्युज २

काठमाडौं: बबिना भट्टराईको स्वर, संगीत र शब्द सहितको मधुर र मार्मिक गीत ‘बिर्सिएरे तिमीला’ सार्वजनिक भएको छ

ब्रेकिङ न्युज २, समाचार, साहित्य
तिमीलाई नबिर्सी म कसरी बाँच्न सक्छु? रुँदै पनि म तिमीलाई कहाँ हँसाउन सक्छु र? म टाढा बस्न बाध्य भए पनि तिमी बाहेक म कहाँ सम्बन्ध बनाउन सक्छु र? प्रेमले सधैं सद्भाव ल्याउँछ र सम्बन्ध सधैं सद्भावपूर्ण हुन्छ भन्ने कुरा सत्य होइन। हृदयबाट जन्मेको प्रेममा पनि विभिन्न कारणले फाटो आउन सक्छ, बाध्यताले टाढा बनाउन सक्छ, तर पनि दुई मायालु हृदयहरू एकअर्कासँग आन्तरिक रूपमा जोडिएका हुन्छन्, जस्तै प्रसिद्ध गीतकार वी.भी. थापाले लेखेको गीतका पङ्क्तिहरू, "मनबाट जन्मेको प्रेम कहिल्यै मर्दैन।" जब बाध्यताले गर्दा टाढा रहनु पर्छ, दुवै मन अशान्त र अशान्त हुन्छन्। त्यो अशान्त र अशान्त मनमा, दुवै मनमा एउटै भावना आउँछ: तिनीहरू एकअर्कालाई बिर्सेर बाँच्न सक्दैनन्, र न त एकअर्कालाई रुवाउन र हँसाउन सक्छन्। दायित्व एउटा पक्ष हो, हृदयमा प्रेम अर्को पक्ष हो। परिस्थिति जस्तोसुकै भए पनि, मनहरू एकअर्कासँग जोडिएका हुन्छन्...

दाङ देउखुरी सेवा समाज कतारको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा केशव सर्वसम्मत

ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार/ लोकप्रिय दैनिक दाङ देउखुरी सेवा समाज कतारले “सातौ अधिवेशन“ भब्य रुपमा सम्पन्न गरेको छ । “दाङ देउखुरीको चाहना,प्रवासमा सभ्य एवं सुरक्षित रोजगारको कामना“ भन्ने मुल नाराका साथ गृह जिल्ला दाङ देखि कतार सम्म सामाजिक कार्यमा सक्रिय रहेको समाजले शुक्रबार ग्राण्डमल स्थित वेलफेयर रेष्टुरेन्टको सभाहलमा सम्पन्न अधिवेशनको बन्द शत्रबाट आगामी कार्यकालका लागी दाङ जिल्ला तुल्सीपुर उपमहानगर पालिका वडा न १८ का केशव बुढा मगर अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा उषा परियार,उपाध्यक्ष मनिषा खडका,उपाध्यक्ष छबिलाल परियार, महासचिवमा चिन्तामणि भुसाल सचिबमा सुरत शाही ठकुरी,कोषाध्यक्षमा प्रेम बहादुर चौधरी र सह–कोषाध्यक्षमा अनन्त बहकरी निर्वाचित हुनुभएको छ । कार्यसमिति सदस्यहरुमा जंग बहादुर रोका मगर, लाल सिंह बि.क, बिना मगर, नारायण थापा, यम जिसी, रेश्मी सेन्चुरी, मन्जु सिंह,...

हिराहरी तेक्वान्दो डोजाङ्गको जुनियर ग्रेडिङ सम्पन्न

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
नेपाल तेक्वान्दो संघको नियमित कार्यक्रम अनुसार हिराहरी तेक्वान्दो डोजाङ्ग चौतारामा प्रशिक्षणरत तेक्वान्दो खेलाडीहरुको जुनियर ग्रेडिङ Junior Belt Promotion Test  सम्पन्न भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ का वडा सदस्य राम बहादुर घलेको प्रमुख आतिथ्यतमा कार्यक्रम सम्पन्न भएको हो । सिनियर खेलाडीहरु बिजय तामाङ , कुशल ढुंगाना, सचिन तामाङ, सलिना चुवान, बिजय श्रेष्ठ तथा अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियोे । साथै कार्यक्रममा सिनियर खेलाडीहरुको प्रमाणपत्र पनि वितरण गरिएको थियोे । ग्रेडिङमा पहेँलो हरियो पेटीतर्फ रबिन लामा डबल प्रमोसन र अन्य सहभागीहरु उतिर्ण हुन भएको छ ।कार्यक्रम डोजाङ्गका संस्थापक तथा डोजाङ्ग प्रमुख रमेश गुरुङले सन्चालन गर्नुभएको थियो ।...
कालिकादेवी माध्यामिक विद्यालयमा नेत्रज्योति सहकारी

कालिकादेवी माध्यामिक विद्यालयमा नेत्रज्योति सहकारी

ब्रेकिङ न्युज २, समाचार
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. २ को आर्थीक सहयोग र नेत्रज्योति सहकारी संस्थाको आयोजनामा श्री कालिकादेवी माध्यामिक विद्यालयमा बिद्यार्थी शिक्षकहरु बिच कृषि अनुसन्धान तथा अभिमुखीकरण कार्यक्रम अन्तरगत पोषण र जङफुड विषयमा बिशेष अन्तर क्रिया गरिएको छ । बिद्यालयका बिद्यार्थीहरु र शिक्षकहरु बिच भएको अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममा उपस्थित बिद्यार्थीहरुले आफुहरुले खाने गरेका प्राय खानेकुरा बजारबाटै किनेर ल्याउँने गरेको बताएका थिए । बिद्यालयका शिक्षकले समेत दिवा खाजाका लागी गाउँमा उत्पादन भएका सामग्री नपाएपछी बजारकै किनेर खान र खुवाउँन परेको बताएका छन् । कार्यक्रममा कालिकादेवि माध्यामिक विद्यालयको प्रधानध्यापक धर्मदत्त सापकोटाले स्थानीय स्तरमा उत्पादन भएका खाद्यन्न पाँउनै मुस्कील भएको बताउँदै अब बिद्यालयमा आउँने सबै बिद्यार्थी मार्फत खेती उत्पादनका लागी पहल गरिने बताउँनु भयो । बिद्या...
चौतारा सँँगाचोकगढी नगरपालिका ८ इर्खुका सबैले कृषिमा सहयोग पाउँने

चौतारा सँँगाचोकगढी नगरपालिका ८ इर्खुका सबैले कृषिमा सहयोग पाउँने

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ८ का कृषकहरु सबैले कृषी उत्पादनका लागी आबश्यक सहयोग पाउँने भएका छन् । नेत्रज्योती कृषी सहकारी संस्थाको आयोजनामा इर्खुमा भएको तरकारी फलफुल तथा बजारीकरण सम्बन्धि भएको अभिमुखीकरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष अमृत दङ्गालले हरेक तरकारी उत्पादक कृषकहरुलाई १/१ टडेला दिने घोषणा गर्नु भएपछी कृषकहरु खुशी भएका छन् । कृषकले तरकारी खेती गर्नका लागी नेत्रज्याती कृषी सहकारी संस्थाले बिउ सहयोग गर्ने र कृषी बिकास बैङ्कले आबश्यकता अनुसार कृषी उत्पादनका लागी कृषी कर्जाको व्यवस्था गर्ने भएका कारण कृषी उत्पादनका लागी सबै खाले सहयोग पाउँने भएका हुन् । चौतारा साँगाँचोकगढी नगरपालिका वडा नं. ८ को आर्थिक सहयोगमा माघ १५ गतेदेखी सुरु भएको अभिमुखीकरण कार्यक्रममा सहभागीहरुलाई बुधबार सम्बोधन गर्ने क्रममा वडा अध्यक्ष दङ्गालले स्थानीय स्तरमा उत्पादन हुने खाद्यन...

गण्डकी प्रदेश समन्वय परिषद कतारको “चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा नन्दलाल निर्वाचित

ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार/ लोकप्रिय दैनिक, कतार गण्डकी प्रदेश समन्वय परिषद कतारले “चौथो अधिवेशन“ शुक्रबार फुलबारी रेष्टुरेन्टको सभाहलमा भब्य रुपमा सम्पन्न गरेको छ । गण्डकी प्रदेश समन्वय परिषद कतारका कार्यवाहक अध्यक्ष नन्द्लाल बिक अजयको सभापतित्व तथा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद एनआरएनए आईसीसीका उपमहासचीव प्रवीण गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनको खुल्ला शत्र र बन्द शत्र गरि दुई चरणमा सम्पन्न बन्द शत्रबाट आगामी कार्यकालका लागी अध्यक्षमा नन्द्लाल बिक अजय सर्वसम्मत निर्वाचित हुनुभएको छ । वरिष्ठ उपाध्यक्षमा रोशन अर्याल (स्याङ्जा), उपाध्यक्षद्धय कल्याण थापा (लमजुङ) र अर्जुन सङ्ग्रौला (गोरखा), महासचिवमा मन प्रसाद राना मगर (कास्की), कोषाध्यक्षमा मदन जि सी (बाग्लुङ्) रहनुभएका छन् । कार्यसमिति को पदेन सदस्यहरूमा बाबुराम भण्डारी (म्याग्दी), निराजन गौतम (बाग्लुङ्), सन्तोष क्षत्री...

फागुनभर नसर्ने रोगसम्बन्धी निःशुल्क परीक्षण गर्दै

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नसर्ने रोग पहिचान गरी नागरिकमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आगामी फागुनभरि नसर्ने रोगसम्बन्धी निःशुल्क परीक्षण गर्ने भएको छ । मन्त्रालयले फागुन १ गतेदेखि एक महिने निःशुल्क परीक्षण अभियान सञ्चालन गरी नसर्ने रोगको समयमा उपचार गर्नुपर्नेसम्बन्धी सचेतना अभिवृद्धि गर्ने जनाएको हो । अभियानका क्रममा ३० वर्षमाथिका सबै नागरिकलाई स्थानीय स्वास्थ्य संस्थाहरूमा मधुमेह, उच्च रक्तचाप, मिर्गौलासम्बन्धी रोगको परीक्षण गरिनुका साथै शरीरको उचाइ र तौलको अनुपात पहिचान गरिने मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार देशभर एक करोड ४० लाख ९० हजार नागरिक ३० वर्षमाथिका छन् । डा बुढाथोकीले भन्नुभयो, “स्थानीय तहसम्म रहेका स्वास्थ्य संस्थामा ३० वर्षमाथिका सबैलाई निःशुल्क परीक्षण गरिनेछ । सबै समयमा उपचार गर्नुपर्ने विषयमा आमनागरिकमा सचेतना अ...

ग्यास उद्योगीको आन्दोलन स्थगन

ब्रेकिङ न्युज २, समाचार
काठमाण्डौँ नेपाल एलपी ग्यास उद्योग सङ्ले विभिन्न माग राखेर बिहाबारदेखि आब्हान गरेको आन्दोलन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आज भएको छलफलपछि आन्दोलन स्थगित गरिएको हो । उद्योगमन्त्री दामोदर भण्डारीसहित नेपाल आयल निगमका सञ्चालक समिति पदाधिकारी तथा कर्मचारी र सङ्घका पदाधिकारीबीच भएको छलफलले तत्कालका लागि आन्दोलन स्थगित गरेको जनाइएको छ । सङ्घले आन्दोलन घोषणा गरेपछि मन्त्री भण्डारीले छलफलका लागि निगम र सङ्घका पदाधिकारीलाई बोलाउनुभएको थियो । छलफलमा उहाँले सङ्घले राखेकामध्येका जायज माग सम्बोधन गर्ने आश्वासन दिनुभयो । सङ्घले लागतअनुसारको बजार मूल्य वृद्धि गर्नुपर्नेलगायत विभिन्न माग राखेर आन्दोलनको घोषणा गरेको थियो । सङ्घले छ वर्ष पहिलाको समायोजन गरिएकै मूल्यमा अहिले पनि ग्यास वितरण गर्दा घाटा व्यहोर्नुपरिरहेको भन्दै मूल्य समायोजनको माग राखेको बताइएको छ । मन्त्रालयले केही समय ...

पहिरो पिडीतलाई बाख्रा बितरण गर्दै नगर प्रमुख बस्नेत

कृषि, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाका बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले पहिरो पिडीतहरुलाई आय आर्जनका लागी बाख्रा बितरण गर्नु भएको छ । बस्नेतले बाह्रबिसे नगरपालिका वडा नं. २ स्याङ्सिङ्ग बस्तीका ४८ परिवारलाई एक कार्यक्रमका बिच मङ्गलबार बाख्रा बितरण गर्नु भएको हो । बस्नेतले बाख्रा बितरण गर्र्दै नगरमा कोही पनि बेरोजगार बस्न नपरोस् भनेर आफ्नो सिप अनुसार काम गर्नका लागी हरेक व्यवसायमा नगरपालिकाले सहयोग गर्दै आएको बताउँदै कोही सिप अनुसार कृषी उत्पादनमा लाग्न अनुरोध गर्नुभयो । एकिकृत हातेमालो संस्थाको समन्वयमा प्रत्येक कृषकलाई बिमा सहितको बाख्रा बितरण गरीएको नगरप्रमुख सचिबालयका राजकुमार बस्नेतले जानकारी दिनुभयो ।...

सद्‍भाव युवा समाज कतारको १७औं वार्षिकोत्सब तथा साधारण सभा सम्पन्न, अध्यक्षमा पुन गुरुङ निर्वाचित

ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार/लोकप्रिय दैनिक श्री सद्‍भाव युवा समाज कतारले आफ्नो स्थापनाको १७औं वार्षिकोत्सव तथा वार्षिक साधारणसभा उद्घाटन र बन्द सत्र गरी दुई चरणमा सम्पन्न भएको छ । कतारमा रहेर कतार एयरवेजमा कार्यरत नेपालीहरूको अग्रसरतामा स्थापित समाज कतारको साधरणसभाको बन्द सत्रबाट विजय गुरुङ पुनः दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । कार्यसमितिको पदाधिकारीहरूमा उपाध्यक्षमा रुस्तम तामाङ, महासचिव चित्र बहादुर गुरुङ, सचिव नवीन अर्याल, सहसचिव मनिष बोहरा,कोषाध्यक्ष हरि गुरुङ, सह–कोषाध्यक्ष राजकुमार निरौला रहेका छन् । सर्वसम्मत चयन भएको कार्यसमितिका सदस्यहरूमा दुर्गानाथ उप्रेती, रेवती खकुरेल, अमृत श्रेष्ठ, श्याम खडकाथोकी, रविन काफ्ले, टंक सापकोटा, डोलराज पौडेल र युवराज कार्की रहेका छन् । साधारणसभाको खुला सत्र समाजका अध्यक्ष विजय गुरुङको अध्यक्षता तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारका अ...