सम्पर्क

पहिरो पिडीतलाई बाख्रा बितरण गर्दै नगर प्रमुख बस्नेत

सिन्धुपाल्चोक जिल्लाका बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले पहिरो पिडीतहरुलाई आय आर्जनका लागी बाख्रा बितरण गर्नु भएको छ । बस्नेतले बाह्रबिसे नगरपालिका वडा नं. २ स्याङ्सिङ्ग बस्तीका ४८ परिवारलाई एक कार्यक्रमका बिच मङ्गलबार बाख्रा बितरण गर्नु भएको हो । बस्नेतले बाख्रा बितरण गर्र्दै नगरमा कोही पनि बेरोजगार बस्न नपरोस् भनेर आफ्नो सिप अनुसार काम गर्नका लागी हरेक व्यवसायमा नगरपालिकाले सहयोग गर्दै आएको बताउँदै कोही सिप अनुसार कृषी उत्पादनमा लाग्न अनुरोध गर्नुभयो । एकिकृत हातेमालो संस्थाको समन्वयमा प्रत्येक कृषकलाई बिमा सहितको बाख्रा बितरण गरीएको नगरप्रमुख सचिबालयका राजकुमार बस्नेतले जानकारी दिनुभयो ।