सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाले नगर भित्रका महिला जनप्रतिनिधी तथा सरोकारवाला पक्षहरूबिच अभिमुखीकरण कार्यक्रम गरेको छ । नगर महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले मंगलबार र बुधवार मानव अधिकार, महिला अधिकार काम कर्तव्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरेको हो ।
कार्यक्रम मङ्गलबार नगर प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा र नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाको बिशेष अतिथ्यतामा र उप–प्रमुख सिता थापाको सभापतित्वमा कार्यक्रम शूरु भएको हो ।
कार्यक्रमको शुरुमा आफ्नो भनाइ राख्नु हुँदै नगर प्रमुख सापकोटाले महिलाहरुले गरेका हरेक कामको पारदर्शीता हुने भएकाले महिलाको सहभागीतामा अनिवार्य गरिएको भएता पनि महिलाहरुले आफ्नो अधिकारका बारेमा पुर्णरुपमा जानकार नभएको हुँदा केही महिलाहरु ओझेलोमा पर्ने गरेकाले नगरपालिकाबाट त्यस्तो नहोस् भन्नका लागी यो कार्यक्रम गरिएको बताउँनु भयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाले नगरपालिकाबाट महिलाहरुको अधिकार सुनिश्चित हुने गरि काम गरिरहेको भएता पनि महिलाहरुले आफ्नो भुमिका र दायित्वका बारेमा जानेर अगाडी बढ्न सके महिलाको हितका लागी काम गर्न अझै सहज हुने बताउँनु भयो । उहाँले सरकारले ७० बर्ष माथीकालाई बिमाको प्रिमियम निःशुल्क गरेकोमा नगरपालिकाबाट ६० बर्ष माथिका सबै दलित र अपाङ्गता भएकाहरुलाई समेत बिमा गरिदिने निर्णय भएको जानकारी दिदै नगरबाट पाउँने सुबिधा लिनका लागी अग्रसरता रहनु पर्ने बताउँनु भयो । सभापतित्व गरिरहनु भएको उपप्रमुख सिता थापाले सबै महिलाहरुले आफैले बनाएको रातो किताबका बारेमा समेत जानकारी लिन नसकेको हुँदा नगरको रातो किताबमा लेखीएको बजेटका बारेमा जानकारी लिएर आफ्नो बिषयगत बजेटलाई कार्यन्वन गर्ने र आबश्यकताका आधारमा आगामी बर्षका लागी बजेट माग गर्न तर्फ लाग्न अनुरोध गर्दै नगरभित्रका महिला, बालबालिका तथा जेष्ठ नागरिकहरुलाई साथ सहयोग गर्दै आएको र आगामी दिनमा झन प्रभावकारी ढङ्गबाट कार्यक्रमहरु निर्माण र कार्यन्वयन गर्ने बताउँनु भयो । महिला जनप्रतिनिधि २८ जना र सरोकारवालाहरु १२ जना गरि ४० जनाले कार्यक्रममा सहभागीता जनाउँनु भएको छ भने नेपाल सरकारका पुर्ब सहसिचब रत्नकाजी बज्रचार्य प्रशिक्षक रहनुभएको छ ।
