चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. २ को आर्थीक सहयोग र नेत्रज्योति सहकारी संस्थाको आयोजनामा श्री कालिकादेवी माध्यामिक विद्यालयमा बिद्यार्थी शिक्षकहरु बिच कृषि अनुसन्धान तथा अभिमुखीकरण कार्यक्रम अन्तरगत पोषण र जङफुड विषयमा बिशेष अन्तर क्रिया गरिएको छ । बिद्यालयका बिद्यार्थीहरु र शिक्षकहरु बिच भएको अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममा उपस्थित बिद्यार्थीहरुले आफुहरुले खाने गरेका प्राय खानेकुरा बजारबाटै किनेर ल्याउँने गरेको बताएका थिए ।
बिद्यालयका शिक्षकले समेत दिवा खाजाका लागी गाउँमा उत्पादन भएका सामग्री नपाएपछी बजारकै किनेर खान र खुवाउँन परेको बताएका छन् । कार्यक्रममा कालिकादेवि माध्यामिक विद्यालयको प्रधानध्यापक धर्मदत्त सापकोटाले स्थानीय स्तरमा उत्पादन भएका खाद्यन्न पाँउनै मुस्कील भएको बताउँदै अब बिद्यालयमा आउँने सबै बिद्यार्थी मार्फत खेती उत्पादनका लागी पहल गरिने बताउँनु भयो ।
बिद्यालयमा नेत्रज्योती कृषी सहकारी संस्थाले यसरी कार्यक्रम गरेकोमा खुशी लागेको बताउँनु हुदै यस्तो कार्यक्रम पहिलो पटक संचालन भएको यो कार्यक्रम विद्यालय र बालबालिकाहरूको लागि अती आवश्यक र प्रभावकारी भएको बताउनु भयो । उहाँले यस कार्यक्रमले विद्यालयमा खाजाको रूपमा पोषणयुक्त खानेकुराहरू जोड दिने बताउनु भयो । कृषि सहकारी संस्थाको अध्यक्ष कृष्ण बहादुर नेपालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष सुदिप श्रेष्ठले वडामा रहेको सबै बालबालिका हरुलाइ स्थानीय स्तरमा उत्पादति पौष्ट्रिक आहार खुवाउँनका लागी आबश्यक पर्ने हरेक खाद्यन्न उत्पादनमा सहयोग गर्ने बताउँदै १२ पास हुने बित्तीक्कै बिदेस जाने होइन गाउँमा खेती गर्ने र आआफ्ना अभिभावकहरुलाई स्थानीय स्तरमा उत्पादन हुने खाद्यन्न उत्पादन गर्न सहयोग गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा भवानी प्रसाद बराल, महेश गौतमले कृषी उत्पादनका बारेमा जानकारी गराउँनु भएको थियो भने नेत्रज्योती कृषी सहकारी संस्थाका व्यवस्थापन नेत्र बहादुर बस्नेतले स्थानीय स्तरमा उत्पादन भएका सामाग्री प्रयोग गर्न नगरपालिकाले गरेको सहयोगहरुका बारेमा प्रकाश पार्दे नगरपालिकाले हरेक क्षेत्रमा सहयोग गरिरहेको बताउँनु भयो ।
