सम्पर्क

गायिका सुनिता सुनारको “लाउली सानू बम्बैको सारी” सार्वजनिक

दर्शन सुनार/लोकप्रिय दैनिक
नेपाली गीत सगिंतको बजारमा यतिबेला गायक हरि गिरी बिमर्षी र गायिका सुनिता सुनारको स्वरमा रहेको“लाउली सानू बम्बैको सारी“ गित सार्वजनिक भएको छ । उक्त मोर्डन पञ्चेबाजाको गित सोमबार “SUNITA SUNAR” नामको युटुब च्यानल मार्फत सार्वजनिक भएको हो ।
वान डिवी एचडी रेकर्डिङ स्टुडियोमा रेकर्डिस्ट राज खड्काले रेकर्ड गरेको गीतको उत्कृष्ट एरेन्ज आकाश नेपालीले र मिक्सिङ तथा मास्टरिङ एच बि एन किस्मतले गरेका हुन भने गीतको भिडियोमा प्रभात पल ठकुरी र सन्चिता बोलाखी लुइँटेलको जोडिलाई कोरियोग्राफर तथा निर्देशक रामजी लामिछानेले आकर्षक तरिकाले नचाएका छ्न भिडियमा देखिएका लोभलाग्दो दृश्यहरु छायांकन मान कृष्ण महर्जनले गरेका छन् भने निर्देशक लामिछानेलाई सह–निर्देशकको भुमिका नृत्यमा टाइगर नम्गेल र अभिनयमा मणिक पाख्रीनले सघाएका छन । गितका निर्माता सम्शेर सुनारले आफू जन्मिएको ठाउको प्रशिद्ध ठाउहरु गुल्मीको पुर्तिघाटको काली नदी,फोक्सिङ लगायत,अन्य विभिन्न ऐतिहासिक पुरातात्त्विक ठाउहरु भिडियोमा जोडिएको बताउनुभएको छ । अहिलेका व्यस्त भिडियो सम्पादक बन्दे प्रसादले सम्पादन र राजेन्द्र मोक्तानले फुलबुट्टा (कलर) गरेको भिडियोको गितको भ्यु अहिले एक लाख दर्शकको नजरमा परिसकेको छ । गायिका सुनिताले गित दर्शक श्रोताहरुले रुचाउनेमा आफू आशावादी रहेको बताउनुभएको छ ।