सम्पर्क

हिराहरी तेक्वान्दो डोजाङ्गको जुनियर ग्रेडिङ सम्पन्न

नेपाल तेक्वान्दो संघको नियमित कार्यक्रम अनुसार हिराहरी तेक्वान्दो डोजाङ्ग चौतारामा प्रशिक्षणरत तेक्वान्दो खेलाडीहरुको जुनियर ग्रेडिङ Junior Belt Promotion Test  सम्पन्न भएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ का वडा सदस्य राम बहादुर घलेको प्रमुख आतिथ्यतमा कार्यक्रम सम्पन्न भएको हो । सिनियर खेलाडीहरु बिजय तामाङ , कुशल ढुंगाना, सचिन तामाङ, सलिना चुवान, बिजय श्रेष्ठ तथा अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियोे । साथै कार्यक्रममा सिनियर खेलाडीहरुको प्रमाणपत्र पनि वितरण गरिएको थियोे । ग्रेडिङमा पहेँलो हरियो पेटीतर्फ रबिन लामा डबल प्रमोसन र अन्य सहभागीहरु उतिर्ण हुन भएको छ ।कार्यक्रम डोजाङ्गका संस्थापक तथा डोजाङ्ग प्रमुख रमेश गुरुङले सन्चालन गर्नुभएको थियो ।